पाकिस्तानको पूर्वराष्ट्रपति सहित दुई पूर्वप्रधानमन्त्री एकसाथ जेल चलानी

wwwjerungfilmswwwjerungfilms 19 Jul 2019

इस्लामाबाद । पाकिस्तानमा बिहीबार पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासी गिरफ्तार भएपछि एउटा अनौठो कीर्तिमान (रेकर्ड) कायम भएको छ । देशकै इतिहासमा यस्तो पहिलो पटक भएको कि दुई जना पूर्वप्रधानमन्त्री र एक पूर्व राष्ट्रपतिलाई जेलमा कैद गरिएको छ । 

उर्दू अखबार ‘जंग’ का अनुसार पाकिस्तानको इतिहासमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरुले चुनौतीको सामना गर्नु परिरहेको छ । पहिले प्रधानमन्त्री लियाकत अली खानको हत्या गरिएको थियो भने जुल्फिकार अली भुट्टोलाई फाँसीमा झुण्ड्याइएको थियो । 

त्यस्तै बेनजीर भुट्टोको गोली हानी हत्या गरिएको थियो । तर, पाकिस्तानको इतिहासमा पहिलो पटक एकै समयमा एउटै सरकारका एक पूर्वराष्ट्रपति र दुई पूर्वप्रधानमन्त्रीलाई गिरफ्तार गरेर जोलमा राखिएको छ । तीनै जनामाथि सरकारले भ्रष्टाचारको आरोप लगाएको छ । 

अन्य दुई जना पूर्वप्रधानमन्त्री यूसुफ रजा गिलानी र राजा परवेज अशरफ पनि अदालत धाइरहेका छन् । उनीहरु पेशीमाथिको सुनुवाईका लागि अदालतमा हाजिर हुँदै आएका छन् । 

भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नवाज शरीफ गत एक वर्षदेखि अल अजीजिया सम्पत्ति मामिलामा जेलमा छन् । पूर्वराष्ट्रपति आसिफ अली जरदारी गएको एक महिनादेखि धनशोधन मामिलामा जेलमा छन् ।

उस्तै राष्ट्रिय जवाबदेही ब्यूरोले एलएनजी ठेक्का मामिलामा पूर्वप्रधानमन्त्री शाहिद खाकान अब्बासीलाई जेलमा हालेको छ । 

नवभारत टाइम्स 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...