मानिसको मष्तिष्क ! अब स्मार्टफोनबाट नियन्त्रण हुन्छ !

wwwjerungfilmswwwjerungfilms 19 Jul 2019

क्यालिफोर्निया, ३ साउन । टेस्लाको कार्यकारी प्रमुख र स्पेस-एक्सका संस्थापक एलन मस्कले एउटा रोचक काम गरेका छन् । उनले न्यूरोलिंक मानिसमार्फत् मानिसको दिमाग पढ्ने र उसको रोगको समय नियन्त्रित गर्ने काम गरिरहेका छन् ।

मस्कले बुधबार एउटा प्रविधि तथा एक लचकदार चिप प्रस्तुत गरेका छन् । त्यसलाई मानिसको मष्तिष्कमा राखिने बताइएको छ ।

एलनका अनुसार यो डिभाइसको प्रयोग स्मरण शक्ति बढाउन, ब्रेन स्ट्रोक वा अन्य न्यूरोलोजिकल रोगीमाथि गरिन्छ । यसका साथै, प्यारालाइसिसको बिरामीका लागि पनि यो फाइदाजनक हुन्छ ।

यसको मद्दतले मानिसको मष्तिष्क पढ्न सकिन्छ र तथ्यांक एकीतृत गर्न सकिन्छ । न्यूरोलिंकका अनुसार अहिलेसम्म यसको परीक्षण बाँदर र मुसामाथि गरिसकिएको छ । यी परीक्षणहरु सफल भएको न्यूरोलिंकको दावी छ ।

यो चिप एकदमै पातलो हुन्छ र एक हजार तारहरु जोडेर बनाइएको हुन्छ । यसलाई बनाउन दुई वर्षभन्दा बढी समय लागेको छ । यसलाई रोबोटमार्फत् मष्तिष्कमा इन्स्टल गरिन्छ । सर्जन इस रोबोटको मद्दतबाट मानिसको मष्तिष्कमा २ मिलिमिटर प्वाल पारिन्छ । त्यही प्वालबाट यसलाई डिभाइसमा लगाइन्छ ।

यसले मानिसको व्यवहारमा हुने उतारचढावलाई पनि अध्ययन गर्न सकिन्छ । २०२० को सुरुवातमा यसलाई मानवमाथि प्रयोग गर्ने अनुमति लिइनेछ ।

यसलाई वायरलेसमार्फत् अर्को डिभाइसमा कनेक्ट गर्न सकिन्छ । मानव मष्तिष्कलाई यसमार्फत् सिधै स्मार्टफोन वा कम्प्युटरमा जोड्न सकिन्छ ।

एक अमेरिकी मिडियाका अनुसार एलन मस्अकले न्यूरोलिंक स्टार्टअपमा १०० मिलियन डलर लगानी गरेका छन् । यसको मुख्यालय सन फ्रान्सिस्कोमा रहेको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...