राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक साउन ५ र ६ गते बस्ने

wwwjerungfilmswwwjerungfilms 18 Jul 2019


राज कुमार राई ,२,साउन काठमाण्डौं । काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको आगामी साउन ५ र ६ गते उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बस्ने भएको छ । केन्द्रीय कार्यालय चाबहिलमा सो बैठक बस्ने स्रोतले जनाएको छ । उक्त बैठकमा अध्यक्ष पशुपतिशम्शेर जवरा र डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सो बैठकमा आर्थिक ,कार्यको प्रतिवेदन तथा नीतिबारे छलफल हुने पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उक्त बैठकमा देशभर भएका सङ्गठन समायोजन सम्बन्धी प्रगतिबारे तथा पछिल्लो अवस्थामा संघठनले गरेका गतिविधिबारे सचिवालयले पनि प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

अध्यक्ष डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रवादी र पशुपति समशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रजातान्त्रिक गत माघ १८ गते एकीकरण भई राप्रपा संयुक्त भएको उक्त पार्टीले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई वैचारिक नीतिका रुपमा अवलम्बन गरेको छ।

तर पनि पार्टीभित्र केही नेताले परिवर्तित संरचनामा गणतन्त्रको पक्षमा समेत बहस शुरु गरेका छन् । उक्त बैठकमा देशभर भएका सङ्गठन समायोजन सम्बन्धी प्रगतिबारे तथा पछिल्लो अवस्थामा सङ्गठनले गरेका गतिविधिबारे सचिवालयले प्रतिवेदन प्रस्तुत गर्ने पार्टीका केन्द्रिय तथा कार्यसम्पादन समितिका सदस्य दिलमाया तामाङले जानकारी दिइन् ।

साथै मुलुकको समसामयिक राजनीतिक परीस्थीतीको समिक्षा गर्दै भावी नीति तथा कार्यक्रम बारे आवश्यक निर्णय समेत गरिने कार्यसम्पादन समितिका सदस्य तामाङले कला संगम मल्टि मिडियालाई बताइन् । बैठकले राप्रपा परिवेश तथा समान विचार भएका अन्य पार्टीसँग एकीकरण गरि आगामी महाधिवेशन गर्ने वा समयसीमा निर्धारण गर्ने भन्नेबारे पनि टुङ्गो लगाउनेछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...