भैँसेपाटीस्थित, साढे दुई अर्बको लगानीमा जिम र स्विमिङपुल सहित मन्त्रीनिवास बन्दै |

wwwjerungfilmswwwjerungfilms 18 Jul 2019

काठमाडौं – सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास बनाउँदै छ । संसद् भवन निर्माणका लागि छुट्याइएको ललितपुर महानगरपालिकाको भैँसेपाटीस्थित सैंबु आवास क्षेत्रमा साढे दुई अर्ब लागतमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो ।

यही आवास क्षेत्रभित्र राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ । दुई वर्षभित्र निर्माण सक्ने तयारी छ । 

गत १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, राष्ट्रिय सभाका अध्यक्षसहित मन्त्रीहरूका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार सहरी विकास तथा भवन विभागले मन्त्रीका लागि २४, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष र उपसभामुखका लागि एक–एक भवन निर्माण गर्न लागेको छ । त्यस्तै, आवास क्षेत्रमा हेलिप्याड, हेल्थ क्लब, ग्रोसरी, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, स्विमिङपुल र पार्किङ पनि हुनेछ ।

प्रत्येक भवन साढे दुई तलाका हुनेछन् । प्रत्येक निवासमा प्रवेशका लागि दुई प्रवेशद्वार बन्नेछन् । एउटा सार्वजनिक र अर्को निजी प्रयोजनका लागि प्रयोगमा आउने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । भवनहरू नेपाली परम्परागत शैलीमा बनाइनेछ । 

आवासका लागि छुट्याइएको कुल क्षेत्रफलमध्ये करिब १२ रोपनी भवनले मात्रै ओगट्नेछन् । ३८ रोपनी ८ आना ग्रिन एरियाका लागि छुट्याइएको छ । २१ रोपनी जमिन आवासभित्रको आन्तरिक सडकले ओगट्नेछ । ११ रोपनीमा हेल्थ क्लब बन्नेछ । कम्युनिटी हलका लागि सातआना छुट्याइएको छ ।

व्यवस्थापन कार्यालयका लागि तीनआना छुट्याइएको छ । त्यस्तै, साढे दुई रोपनीमा ग्रोसरी स्टोर बन्नेछ । बाँकी रहेको जग्गामा एक सय सवारीसाधन अटाउने पार्किङ बनाइनेछ । 

जिमहल, स्विमिङपुल र हेलिप्याङको सुविधा
आवासभित्र स्विमिङपुलदेखि हेलिप्याडसम्म निर्माण गरिनेछ । एउटा हेल्थ क्लब, कम्युनिटी हल, व्यवस्थापन कार्यालय, ग्रोसरी स्टोर, हेलिप्याड र स्विमिङपुल बनाइनेछ । आवास क्षेत्रभित्र तीन तहको सुरक्षा व्यवस्था हुनेछ । सुरक्षाका लागि थप तीन भवन बनाइनेछ । 

आवास दुई चरणमा निर्माण गरिनेछ । पहिलो चरणमा २७ वटा भवन, कम्पाउन्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिने तुलाधरले बताए । त्यस्तै, दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल, हेल्थ क्लब र स्विमिङपुल बनाइने उनले बताए । 

आवास क्षेत्रभित्रै हुनेछन् यी सुविधा पनि : कम्युनिटी हल, व्यवस्थापन कार्यालय, किराना पसल, पार्किङ, हेल्थ क्लब, हेलिप्याड र स्विमिङपुल

पुल्चोकमा विदेशी पाहुनाका लागि अतिथिगृह
सैंबुमा नयाँ आवास बनेर मन्त्रीहरूलाई सारेपछि हालको पुल्चोकस्थित मन्त्री आवास क्षेत्रमा उच्च तहका विदेशी प्रतिनिधिका लागि अतिथिगृह बनाइनेछ । अहिलेको संरचनालाई भत्काएर १० वटा सुविधासम्पन्न भवन बनाउने योजना विभागको छ । पुल्चोकमा हाल १९ मन्त्रीका निवास छन् । 

चालू आवमै टेन्डर, दुई वर्षभित्र तयार – मणिराम गेलाल
महानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभाग 
मन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र उपसभामुखको आवास निर्माणका लागि चालू आर्थिक वर्षभित्रै टेन्डर प्रक्रिया सक्ने हाम्रो तयारी छ । यसै वर्ष टेन्डर सकेर आगामी दुई वर्षभित्र आवास तयार गर्ने योजना छ । 

जहालको आवास जीर्ण भएकाले नयाँ बनाउन लागिएको हो
मोहम्मद इस्तियाक राई
मन्त्री, सहरी विकास
गत मंसिरमै मन्त्रिपरिषद् बैठकले मन्त्री आवास निर्माण गर्ने निर्णय गरेको हो । त्यही निर्णयअनुसार विभागले प्रक्रिया अगाडि बढाएको हो । अहिलेको मन्त्री आवासको अवस्था निकै जीर्ण छ । सबै मन्त्रीका लागि भवन अपूर्ण पनि छन् । त्यसैले नयाँ आवास बनाउने निर्णय भएको हो  ।

साभार- मुना कुँवर  नयाशैलि डट कम   

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...