आत्मकेन्द्रित, अहंकार र गुटबन्दी , नसच्चिए जनताले गिराउन बेर मान्दैनन् |

wwwjerungfilmswwwjerungfilms 17 Jul 2019

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मकेन्द्रित र अहंकार र गुटबन्दीमा रमाउने हो भने जनताले गिराउने बताएका छन् । उनले पुराना शक्तिले नेकपालाई माया गरेर दुई तिहाइको हैसियत प्रदान गरेको नभई नेताहरूको त्याग, निष्ठा र संघर्षको प्रतिफल भएको बताए । 

प्रतिवद्धताअनुरूप काम नगरे जनताले हैसियतबाट तल झार्न अप्ठ्यारो नमान्ने भन्दै उनले पूर्वी युरोप र सोभियत युनियनको उदाहरण दिए । 

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहणमा बोल्दै उनले निषेध, अहंकार, मनोगत आकांक्षा, आत्म–व्यक्तिकेन्द्रित सोचाइ कम्युनिस्टहरूको ‘काल’ हुने र पतनको कारक हुने टिप्पणी गरे ।

पूर्वी युरोपको समाजवादी सत्ता तहसनहस  नभएको र दुई करोड मानिसको बलिदानले सिर्जना गरेको सोभियत युनियनको सत्ता एकजना मान्छे पनि नमरी ढलेको बताउँदै प्रचण्डले ध्यानाकर्षण गराए, “विश्वमा कम्युनिस्ट सत्ता आफ्नो कमजोरी नसच्याउँदा ढलेका छन् ।” 

उनले कम्युनिस्ट नाम राख्दैमा र साइनबोर्ड झुण्ड्याउँदैमा जनताको विश्वास जित्न नसकिने बताउँदै कम्युनिस्ट आदर्श र मूल्य–मान्यतामा उभिनुपर्नेमा जोड दिए । पार्टीभित्र आन्तरिक एकता कायम नहुँदा गुट अनुशासन, अराजकता बढ्ने तथा पार्टीको उद्देश्य निर्णयप्रतिभन्दा गुटप्रति बफादार हुने परिपाटी मौलाउने उनको भनाइ थियो ।

आजै बेलुका पार्टी एकता टुंगो लाग्छ’

प्रचण्डले आज (मंगलबार) बेलुका पार्टी एकताको बाँकी काममा दुई अध्यक्षबीच समझदारी जुट्ने खुलासा गरे । त्यसपछि सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर संगठनात्मक एकताको काम पूरा गरिने उनको भनाइ थियो ।

तीन महिनामा पार्टी एकताको काम टुंग्याउन नसक्नु गम्भीर भुल भएको भन्दै उनले भने, “तीन महिनामा पार्टी एकता सिध्याएर अभियान शुरू गर्न पाएको भए अहिलेसम्म पार्टी निकै बलियो भइसक्थ्यो । धेरै ढिला भइसकेको छ । अब पनि ढिला गर्नु हुँदैन ।”

उनले ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्लगायत पार्टीका निकाय, विभागहरूलाई पूर्णता दिने विषयमा सहमति जुटिसकेको र केही खाली ठाउँ पूर्ति (फिल इन द ब्ल्याङ्क्स) मात्रै बाँकी रहेको बताए ।

पार्टी एकतालाई निष्कर्षमा पुग्न नदिन प्रतिक्रियावादीले नेताहरूका बीचमा फाटो ल्याउन जोड दिइरहेको प्रचण्डको भनाइ थियो । “प्रतिक्रियावादी पार्टी फुटाउन हामीभन्दा सिपालु छन्,” उनले भने, “विश्वका कम्युनिस्ट नेताले भनेको हामीले मान्नुपर्छ– एकतावद्ध होऊ, नफुट, माक्र्सवाद लागु गर ।”

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...