आदिवासी जनजातिहरु किन खनिएर भने मन्त्री पण्डितलाई काठमाडौंबाटै धपाईदिन्छौ |

wwwjerungfilmswwwjerungfilms 16 Jul 2019

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघमा अध्यक्ष जगत बरामले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई काठमाडौंबाटै धपाईदिने चेतावनी दिएका छन् ।

लोकसेवा आयोगले संविधानको मर्म विपरीत समावेशी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै आन्दोलनरत आदिवासी जनजाति समुदायकाे ‘आरक्षण बचाऔं अभियान ले राजधानीकाे माईतीघर मण्डलामा आयोजित कार्यक्रममा उनले सो चेतावनी दिएका हुन् ।

आदिवासी जनजातिहरुको १९ औं सञ्चालक परिषदको बैठक स्थलमा प्रवेश गरेका मन्त्री पण्डितलाई आदिवासी जनजाति युवा विद्यार्थीले लखेटेकाे प्रसँगलाइ काेट्याउदै उनले भने, अस्ति हाम्रा यूवा साथीहरूले हाम्राे लालबाबु पण्डितलाई कालाे झण्डा देखाइदिनुभएछ |


कालाे झण्डा सँगै धपाइदिनुभएछ, र साथीहरू याे विज्ञापन खारेज गरेर अर्काे विज्ञापन गरिएन भने त्यहाँबाट मात्र हाेइन काठमाडाैबाटै धपाइदिन्छाै । लालबाबु पण्डित मात्र हाेइन, हामी उमेश मैनालीलाई पनि धपाउछाै ।

यदि लालबाबु पण्डित र उमेश मैनालीलाई धपाउदा पनि हाम्राे अावाज सुनिएन भने सम्माननिय प्रधानमन्त्री बालुवाटार बस्नुहुन्छ, हामी त्यहिबाट पनि धपाइदिन्छाै |

साथै उनले देशकाे विषम परिस्थितिलाइ मध्यनजर गर्दै पूर्व निर्धारित साउन २ र १० काे नेपाल बन्दकाे कार्यक्रम स्थगित गरिएकाे जानकारी दिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...