रवीन्द्र मिश्र , उच्च ओहोदाका राजनीतिकर्मी र प्रशासकहरूको सम्पत्ति छानविन गर्छौ |

wwwjerungfilmswwwjerungfilms 16 Jul 2019

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र

काठमाण्डौं ।  साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफ्नो पार्टी सत्तामा पुगेपछि २०४६ साल यता उच्च पदमा पुगेका प्रशासक र राजनीतिकर्मीको सम्पत्ति छानविन गर्ने बताएका छन्।
सोमबार राति एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिदैँ मिश्रले भ्रष्टाचार मुलुकको क्यान्सर भएको भन्दै देश रूपान्तरण गर्न भ्रष्टाचारीलाई जेल हाल्नुको विकल्प नभएको दाबी गरे।

मिश्रले आफ्नो पार्टी सत्तामा पुगे पहिलो कामको रुपमा २०४६ साल यता राजनीति र उच्च पदस्थ प्रशासकका रुपमा राज्य दोहन गरेर अकुत सम्पत्ति कमाएकाहरुको सम्पत्ति छानविन गरेरै छोड्ने बताए ।

कर्मचारीतन्त्रमा देखिएको राजनीति नै समृद्धि र सुशासनको मुख्य बाधक भएको भन्दै मिश्रले आफ्नो पार्टी सत्तामा पुगे पहिलो मन्त्रिपरिषद्‌ बैठकबाटै दलीय कर्मचारी सङ्गठनहरू खारेज गरिदिने चेतावनी दिएका छन्।

नेपालको राजनीतिक नेतृत्वले कूटनीतिक मर्यादा पालना नगर्दा बाह्य हस्तक्षेप हुने गरेको भन्दै उनले आफ्नो पार्टीका नेताहरूका लागि कूटनीतिक निर्देशिका तयार पारिएको बताए।

मिश्रका अनुसार साझा पार्टीले आफ्ना नेताहरूका लागि जारी गरेको कूटनीतिक निर्देशिका मङ्गलबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरि जारी गरिने छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...