आदिवासी जनजातिहरुले, लोकसेवाको असमावेशी विज्ञापन विरुद्ध प्रदर्शन गरे |

wwwjerungfilmswwwjerungfilms 15 Jul 2019

काठमाडौँ, २८ जेठ । समावेशी सिद्धान्त विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको भन्दै आदिवासी जनजाति महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । संविधानको मर्म र भावाना विपरित समावेशी सिद्धान्त अबलम्बन नगरि खुलाएको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै मङ्गलवार विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रर्दशन नेपाल आदिवासी जनजाति महासंघको संयोजन तथा जनजातीय संगठनको आह्वानमा सडकमा उत्रिएको महासंघ अध्यक्ष जगतबहादुर बरामले बताए । हामी प्रारम्भिक चरणमा राज्यको ध्यानाकर्षण गराउन सडकमा उत्रिएका अध्यक्ष बरामले बताए ।

उनले भने,‘संविधानलाई कुल्चिने काम भएकोले बाध्यात्मक आन्दोलनमा उत्रिनु पर्योे, राज्य सरकारले सुनुवाई नगरेसम्म आन्दोलन जारी रहन्छ ।’

कार्यक्रममा आरक्षणको व्यवस्थालाई षड्यन्त्रपूर्ण र बदनियतपूर्वक निस्तेज पार्न उद्दत्त देखिएको महासंघले आरोप लगाए । महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जनजाति आन्दोलनले स्थापना गरेको अधिकार आयोगले विस्थापित गरिरहेको आरोप लगाए ।

सुशासन तथा राज्य व्यवस्था समितिले लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न सरकार र आयोगलाई यसअघि नै निर्देशन दिइसकेको छ समितिले आयोगको विज्ञापन रद्द गरी समावेसी सिद्धान्तका आधारमा दरखास्त आव्हान गर्न दिएको निर्देशन दिएको छ । भने आज भएको प्रतिनिधी सभाको बैठकमा समेत चर्को विरोध भएको थियो ।

आयोगले स्थानीय तहका लागि जेठ १५ गते कर्मचारी पदपूर्तिको विज्ञापन गरेको थियो ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय तामसालिङ मञ्च नेपाल, चुम्लुङ, किरात राई यायोक्खा, किरात याक्थुङ, नेपाल मगर सङ्घलगायतका विभिन्न जातीय सङ्घ, सङ्गठनहरू विरोध प्रर्दशनमा सहभागी थिए ।

विरोध प्रदर्शनमा गुठी विधेयक पनि फिर्ता लिन माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजी गरिएको थियो ।

साभार नयापेज

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...