काठमाडौंमा मसाल जुलुस, लाेकसेवाकाे विज्ञापन खारेज गर्न माग गर्दै |

wwwjerungfilmswwwjerungfilms 14 Jul 2019

मसाल जुलुसमा प्रहरी हस्तक्षेप, एक आन्दोलनकारी प्रहरी नियन्त्रणमा

जेरुङ फिल्मस् सम्वाददाता 2( काठमाडौं । लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै सुरु गरिएको आन्दोलन अनुरुप आइतबार साँझ काठमाडौं उपत्यकामा मसाल जुलुस निकालिएको छ ।

‘आरक्षण बचाऔ आन्दोलन’ले घोषणा गरेको नेपाल बन्दसहितको आन्दोलन अनुरुप आइतबार काठमाडौंको सुन्धारादेखि, न्युरोड, जुद्धशालिक, असन हुँदै रत्नपार्कस्थित शान्तिवाटिकासम्म मसाल जुलुस निकालिएको हो ।

मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच सामान्य झडप पनि भएको थियो ।

प्रहरीले पटक–पटक मसाल जुलुस रोक्ने प्रयास गरेपछि झडपको अवस्था सिर्जना भएको हो ।
तर पनि मसाल जुलुस निकालेरै छोडेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सार्वजनिकसँग बताए ।

सो क्रममा प्रहरीले चन्देश्वर दास नाम गरेका एक जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले आन्दोलनकारीले प्रयोग गरेको एउटा गाडी समेत कब्जा गरेको छ ।

आन्दोलनकारीहरुले ‘लालबाबु पण्डित मुर्दावाद, उमेश मैनाली मुर्दावाद, प्रहरी दमन मुर्दावाद, असमावेशी विज्ञापन खारेज गर’ लगायत नारासहित जुलुस निकालेका हुन् ।

शान्तिवाटिकामा आयोजित जुलुस समापन सभामा महासंघका अध्यक्ष जगत बरामले प्रहरीले नियन्त्रणमा लिएका चन्देश्वर दासलाई तत्काल रिहाई गर्न माग गरे । ‘रिहाई नगरे सरकारले ठूलो मुल्य चुकाउनुपर्नेछ,’ उनले भने ।

उनले आरक्षणकै कोटामा प्रहरी भएर आरक्षणकै आन्दोलनमाथि हस्तक्षेप गरेको भन्दै प्रहरीको आलोचना गरे ।
उनले आन्दोलनमाथि दमन गर्ने प्रयास गरे झडप मात्रै नभएर विस्फोट हुने चेतावनी दिए ।

‘असार ३१ गते माइतीघरमा विशाल जनप्रंदर्शन गर्दैछौ,’ बरामले भने, ‘आन्दोलनमाथि प्रहरीले दमन गरे झगडा मात्रै होइन विस्फोट हुन्छ ।’

नेवा समुदायको तर्फबाट श्रीकृष्ण महर्जनले समापन सभामा बोलेका थिए । महर्जनले आरक्षणको आन्दोलनमा नेवा समुदायको पूर्ण रुपमा ऐक्यवद्धता रहेको बताए ।

‘नेवा समुदायको यो आन्दोलदनमा पूर्ण रुपमा ऐक्यवद्धता छ, हामी हजारौ मान्छे उतार्छौ,’ उनले भने, ‘हामी यो आन्दोलनलाई टुंगोमा पुर्याएरै छाड्छौ ।’

दलित समुदायको तर्फबाट बोल्दै बुद्धी नेपालीले आफूहरुको आन्दोलन संघीयता र समानुपातिक समावेशी पक्षधरको आन्दोलन भएको बताए । उनले दुई तिहाईको कम्युनिष्ट सरकारले देश चलाएको छ कि कर्मचारीले ? भन्दै प्रश्न गरे ।
उनले आयोगको विज्ञापन सच्याउन आग्रह गरे ।

‘जबरजस्ती अघि बढ्न खोज्यौ भने परिस्थिति भयानक हुन्छ,’ उनले चेतावनी दिए ।

मधेसीको तर्फबाट विकास ठाकुरले आइतबारको मसाल जुलुस आन्दोलनको कास्टिङ मात्रै भएको बताए ।
उनले आदिवासी जनजाति, मधेसी, मुस्लिम दलित समुदायलाई वर्तमान सरकारले मुल धारमा आउनबाट रोक्ने प्रयास गरेको बताए । उनले भने, ‘तर अब हामी दास बन्ने छैनौ ।’

आन्दोलनकारीहरुले उपत्यकाको १७ ठाउँबाट एकसाथ मसाल जुलुस निकाल्ने बताए पनि उनीहरुले सुन्धाराबाट मात्रै मसाल जुलुस निकालेका हुन् । प्रहरीले हस्तक्षेप गर्ने भएपछि उनीहरुले आन्दोलनको रणनीतिअनुसार १७ ठाउँबाट मसाल जुलुस निकाल्ने प्रचार गरेका हुन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...