पहिराेले पुरिँदा आमाछोरीको मृत्यु, ओखलढुंगामा बाढीपहिरोबाट मर्नेकाे संख्या ४ पुग्यो

ओखलढुंगा– ओखलढुंगामा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाको मोलुङ गाउँपालिका ७ पात्लेमा पहिरोले घर पुरिँदा आमाछोरीको ज्यान गएको छ। पहिरोले घर पुरिँदा घरभित्र रहेका ४० वर्षीया पुटी शेर्पा र उनका छोरी १० वर्षीया याङ्जी शेर्पाको ज्यान गएको हो।

शनिबार घरमाथि एक्कसी खसेको पहिरोले पुरेपछि घरभित्र रहेका आमा छोरीको ज्यान गएको मोलुङ गाउँपालिका ७ पात्लेका वडा अध्यक्ष हेमकुमार सुनुवारले जानकारी दिए। पानी पर्न रोकिएपछि शेर्पाका श्रीमान घरबाहिर निस्किएको ५ मिनेटमै घरमाथिको सडक हुँदै आएको पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको हो।

घरभित्र एउटै खाटमा आमाछोरी सुतिरहेको अवस्थामा पहिरोले पुरेको वडा अध्यक्ष सुनुवारले बताए। ढुंगा र माटोले बनेको घर पहिरोका कारण पुर्ण रुपमा ध्वस्त भएको छ। पहिरोले घर पुरिएपछि वडा अध्यक्ष सुनुवारसहित २ सय जना स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा एउटै खाटमा दुई आमाछोरीको शव फेला परेको थियो।

यो संगै ओखलढुंगामा बाढीपहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ। यसअघि बाढीले बगाएर दुई जनाएको मृत्यु भएको छ। लगातारको अविरल बर्षापछि आएको बाढीले बगाएर चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीय पासाङकुटी शेर्पा र शुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको थियो।
बिहीबार बेलुकादेखि नै बेपत्ता भएकी पासाङकुटी शेर्पाको शव शुक्रबार दिउँसो स्थानीय लसुने खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। गाउँ डुल्न हिँडेकी शेर्पा राती अबेरसम्म घर नफर्किएपछि प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा चिसंखुगढी गाउँपालिका ७ स्थित खोला किनारमा शव फेला परेको थियो।

त्यस्तै मोलुङ खोलाले बगाएरशुनकोसी गाउँपालिका–४ चिउरीबोटका ५५ वर्षीय कुमार राईको पनि मृत्यु भएको छ। खेतमा पसेको भल काट्ने क्रममा अचानक बढेको खोलाले राईलाई बगाएको थियो। बाढीले बगाएपछि राईलाई मोलुङ दोभानबाट स्थानीयले उद्धार गरेका थिए। उद्धारपछि उपचारका लागि उदयपुरको घुर्मी लैजाने क्रममा मृत्यु भएको स्थानीय बुद्धिमान राईले बताए।
यता सिद्धिचरण नगरपालिका– ६ जन्तरखानिमा गुन बहादुर श्रेष्ठकी श्रीमती पहिरोमा परि बेपत्ता भएकी छन्। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...