सप्तकोशी कोशी ब्यारेजका ५६ वटै ढोका खाेलिए |

wwwjerungfilmswwwjerungfilms 14 Jul 2019

सप्तकोशी कोशी ब्यारेज

काठमाडौं – सप्तकोशी नदीमा पानीको बहाबले पुललाई नै खतरा भएपछि कोशी व्यारेज कन्ट्रोल रुमले सबै ५६ वटै ढोका खुल्ला गरेको छ।

शनिबार राति साढे १० बजपछीे भारतले सबै ढोका खुल्ला गरेको कोशी ब्यारेज स्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक इश्वरी दाहालले जानकारी दिए।  

पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको हो। पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खोलेको सुनसरी प्रहरीले जनाएको छ।

आइतबार बिहान ६ बजेको मापन अनुसार पानीकोवहाव ३ लाख १६ हजार क्यूसेक पुगेको छ। पानी निरनतर परिरहेकाले कोशीको शनिबार जलस्तर बढ्दोक्रममा रहेपनि आइतबार बिहानै देखी घट्ने क्रममा रहेको दाहालले बताए। भारतीय पक्षले ५६ वटै ढोका खोलेको यो पहिलो पटक भएको बताइएको छ। 

सप्तकोशीमा पानीको बहाब खतराको चरणमा प्रवेश गरेपछि स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ। सप्तकोशीमा एक लाख ५० हजार क्यूसेक बहाब पुग्दा नै खतरा मानिन्छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...