राम दंगाल- किरात सभ्यता हो, किरात प्रदेशलाई एउटा जातसँग जोड्न मिल्दैन |

wwwjerungfilmswwwjerungfilms 13 Jul 2019

किरात भनेको सभ्यता हो

काठमाडौं । नेकपाको खोटाङ जिल्लाका सचिव राम दंगालले प्रदेश नं १ को नाम किरात प्रदेश राख्नुपर्ने बताएका छन् । उनले किरात शब्द जातीय नभएर सांस्कृतिक तथा ऐतिहासिक सभ्यता भएको प्रष्ट पारे ।

खोटाङकाे बतासे स्थायी घर भई काठमाडौं बसोबास गर्नेहरुको गत शनिबार काठमाडौंको पशुपति क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा नेता दंगालले किरात प्रदेशलाई जातीय राज्यको रुपमा नहेर्न आग्रह समेत गरे ।

‘बाहुनले सरादे रुद्री गर्दा पूर्व ३ नम्बर माँझ किरात दिप्रुङ थुमे भनेर सुरु गर्छ, अनि तमसुकमा लेख्दा लिखितम् धनीको नाम पूर्व ३ नम्बर माँझ किरात दिप्रुङ थुमे भनेर लेखिन्छ ।

आज बाहुनले सराद पढ्दाखेरि भन्न मिल्ने, तमसुकमा लेख्न मिल्ने, किरात प्रदेश लेख्दा चाहिँ बाहुन, नेवार, तामाङले यो हाम्रो राज्य होइन भन्नु कुनै आवश्यक छैन । किरात भनेको सभ्यता हो, किरात राष्ट्रियता हो,’ दंगालले भने ।

उनले किरात समुदायको उभौली–उधौली र साकेला सिली प्रकृतिसँग जोडिएको बताए ।
‘आज साकेवा सिली नाचिन्छ, त्यो सिली भनेको प्रकृतिसँग जोडिएको छ । त्यहाँ धान कसरी रोपिन्छ ? खाडी कसरी बुनिन्छ ? माछा कसरी पौडिन्छ ? झिंगा कसरी नाच्छ ? प्रकृति सृष्टिको कुरा सिलीभित्र छ,’ उनले थपे, ‘किरात सभ्यता भनेको प्रकृतिपूजक हो ।

प्रकृतिले नै मान्छेलाई जोगाएको छ र प्रकृतिको पुजा गर्नुपर्छ भन्ने हाम्रो संस्कृति हो ।’ किरात संस्कृतिमा कोही पाहुना आउनासाथ कुखुरो काट्नैपर्ने र यो संस्कृति अहिले तामाङ, मगरहरुमा मात्रै नभएर क्षेत्री–बाहुनले पनि अंगालेको उनले बताए ।

‘किरात संस्कृतिमा पाहुना आउने बित्तिकै एउटा वापा (कुखुराको भाले) काट्नैपर्छ । क्षेत्री–बाहुनको पाहुना आउदा दुध, दही, चिनी, केरा दिइन्छ । तर आज कोही पनि पाहुना क्षेत्री–बाहुनकोमा आओस् कि तामाङकोमा आओस् वापा काट्नैपर्छ ।

 यो भनेको किरात संस्कृति हो,’ उनले भने, ‘सबैलाई समानतापूर्वक हेर्ने, झुटो नबोल्ने, अतिथिप्रति सत्कार गर्ने संस्कृति किरात संस्कृति हो । तर अहिले हामी किरातलाई एउटा जातसँग जोड्दैछौ ।’

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...