लगातारको ठुलो बर्षाले देशैभर जनधनको क्षति

wwwjerungfilmswwwjerungfilms 12 Jul 2019

असार २७ काठमाडौं लगातारको बर्षाका कारण आएको बाढी पहिरोमा परि अहिलेसम्म ८ जनाको ज्यान गएको छ भने बाढीले बगाएर चार जना हराइरहेका छन्।

देशका विभिन्न स्थानमा अविरल बर्षाले जनधनको ठुलो क्षति भएको छ। पहिरोले घर पुर्दा काभ्रेको बनेपा नगरपालिका ३ चुनतालमा हजुरआमा गोमा दंगाल र उहाँकी नातिनी सुहावी दंगालको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन्।

त्यस्तै पहिरोमा पुरिएर भोजपुरमा रामप्रसाद राई गाउँपालिका ७ बासिखोराका जगतबहादुर राई र टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कका जनक विकको ज्यान गएको छ। लगातारको बर्षाले गोठ भत्किँदा रामेछाप नगरपालिका ५ रामपुरकी पदमकुमारी सुनुवारको ज्यान गएको छ।

त्यस्तै सिन्धुलीको फिक्कल गाउँपालिका १ महादेवडाँडाकी हेमकुमारी सुनुवारको बिहान गाईबस्तुलाई कुँडो दिँदै गर्दा पहिरोले बगाएर ज्यान गएको छ। यस्तै मकवानपुरको थाहा नगरपालिका ७ आग्राको बाल्चा भिरमा चिप्लेर लड्दा रौतहटको जितपुर नगरपालिका ६ का उमेश यादवको ज्यान गएको छ।

थाहा नगरपालिका वडा नम्बर ३ मा महाभिर खोलाले बगाउँदा घाइते भएकी बालिका सञ्चनम बलामीको उपचारका क्रममा ज्यान गएको छ। पहिरोले घर पुरिएपछि खोटाङको खोटेहाङ गाउँपालिका २ वाप्लुखामा तीन जना हराएका छन्। बिहान पहिरोले विष्णु राईको घर पुर्दा उहाँकी श्रीमती रेखा राई र दुई नावालक छोरा हराएको प्रहरीले जनाएको छ। यस्तै हिजो बेलुकी बाढीले डाइभर्सन बगाउँदा मोरङमा मोटरसाइकलमा आएका एक जनालाई खोलाले बगाएको छ। उनीहरुको पहिचान खुलेको छैन।

अविरल वर्षाका कारण विभिन्न नदीहरुमा बाढी आएपछि पूर्वी र मध्य तराइका अधिकांश गाउँ जलमग्न भएका छन्। विराटनगर राजविराज जनकपुर र वीरगञ्जका अधिकांश स्थान डुवानमा परेको छ। उता सप्तकोशी नदीमा पानीको बहाब अत्यधिक बढेपछि सप्तरीको गोबरगाढा गाउँ जोखिममा परेको छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...