ताप्लेजुङको खहरे खोलामा एक्कासी पानीको वहाब बढेपछि गाडी डुब्यो

wwwjerungfilmswwwjerungfilms 9 Jul 2019

ताप्लेजुङ जिल्लाको सदुरमुकाम फुङलिङबाट दुईजना यात्रु लिएर फक्ताङलुङ गाउँपालिकाको तापेथोक जाँदैगरेको जिप गाडी खहरे खोलाको बिचैमा एक्कासी पानीको वहाब बढेपछि डुबेको छ । सो गाडीलाईक्ष्कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले रिजर्भ गरेको थियो ।

परिषद अध्यक्ष खगेन्द्र फेम्बुकाको भनाई अनुसार खोलामा पस्नु अघि चालक लगायतका यात्रुले पानीको सतह हेरेका थिए । सहजै तर्नसक्ने ठहर भएपछि चालकले गाडी खोलामा छिराए,तर बीचमा पुगे पछि एक्कासी खहरे खोलो बढेर गाडीको स्टार्ट नै बन्द भयो ।

आफूहरु झ्यालबाट गाडीको छतमा चढेर बाहिर हामफालेर भागेको परिषदका लेखापाल मनप्रसाद लिम्बूले बताए । भेलले गाडीको एउटा चक्का र गाडी भित्रको दुइवटा सिट समेत बगाएर लगेको छ । बाहिर निस्किएका यात्रुले गाडीलाइ भने फलामको रडले बाँधेर बग्नबाट जोगाए र पानीको सतह घटेपछि अर्को गाडीको मद्दतमा निकालियो ।

हिमाली तथा पहाडी जिल्लामा यसरी एक्कासी उर्लेर आउने खहरे खोलाको जोखिम जहिल्यै हुने फेम्बु बताउँछन् । तल्लो क्षेत्रमा नपर्दापनि लेकाली क्षेत्रमा पर्ने पानीले खहरे खोला बड्ने र त्यसको जोखिम तल्लो क्षेत्रसम्म बड्ने गरेको हो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...