प्रचण्डकै राजनीतिक प्रतिवेदनमा लाइन पास

wwwjerungfilmswwwjerungfilms 8 Jul 2019

काठमाडौं २०७६ असार २२ आइतबार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदिशा विवाद किनारा लागेको छ । नेकपाको राजनीतिक कार्यदिशा ‘जनताको जनवाद’ नै किनारा लागेको हो । यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीच राजनीतिक कार्यदिशा जनताको जनवाद हुने कि जनताको बहुदलीय जनवाद हुने भन्नेमा विवाद थियो ।

आज (आइतबार) बिहान बालुवाटारमा दुई अध्यक्षबीच भएको छलफलमा यसअघि नै सहमति भइसकेको दस्तावेज (प्रतिवेदन) नै प्रकाशनमा लैजाने समझदारी भएको पार्टी अध्यक्ष पुष्पकमल दाहालले जानकारी दिएका हुन् ।

आइतबार खरीपाटीमा नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै प्रचण्डले भने, “तपाईंहरूलाई एउटा खुसीको कुरा सुनाउन सक्ने भएर आएको छु ।

आज बिहानमात्रै बालुवाटारमा प्रधानमन्त्री केपी ओली र मेरो बीचमा एकवर्षदेखि सम्पूर्ण रूपले प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ । भोलि प्रकाशनमा जाँदैछ । पार्टी एकताका सन्दर्भमा ठूलो काम पूरा गरेका छौँ । किनकि, राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति, विधि, के हो कुनचाहिँ आधिकारिक हो ?

 कुनचाहिँ नेताले भनेको पार्टीको आधिकारिक लाइन हो ? कुन नेताले भनेको पार्टीको लाइन होइन भनेर कम्फ्युजनको अन्त्य भएको छ । भोलि प्रकाशन भएर आइसकेपछि कुनचाहिँ पार्टी रहेछ, कुनचाहिँ होइन रहेछ, मूल्याँकन गर्ने कसी दस्तावेज हुनेछ ।”

माधव नेपालको संयोजकत्वमा गठित कार्यदल (समितिले ) २०७४ चैत २० मै मस्यौदा गरेर २०७५ असार २ गते सचिवालय बैठकमा प्रतिवेदन बुझाएको भए पनि प्रकाशनमा आएको थिएन । समिति र सचिवालयबाट पारित मस्यौदामा राजनीतिक कार्यदिशा जनताको जनवाद तय गरिएको थियो ।

बीचमा पार्टी अध्यक्ष ओलीले तत्कालीन एमालेले अँगाल्दै आएको जनताको बहुदलीय जनवाद नै एकीकृत पार्टीको राजनीतिक कार्यदिशा हुनुपर्ने तर्क अघि सारेपछि पार्टीमा वैचारिक मतभेद बढेको थियो । आइतबार त्यसले निकास पाएको हो ।  साभार बाह्रखरी

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...