यातायात मन्त्रालयका उपसचिव पक्राउ, आफनै छोरीलाई बलात्कार |

wwwjerungfilmswwwjerungfilms 12 Jun 2019

काठमाडौं । आफ्नै छोरी बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव पक्राउ परेका छन्। महोत्तरी घर भई हाल ललितपुरको धोबिघाट बस्दै आएका उपसचिवलाई मंगलबार महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। 

पीडित १८ वर्षिया किशोरी काठमाडौंकै एक कलेजमा कक्षा १२मा अध्ययनरत छिन् ।प्रहरीले आरोपीको नाम खुलाउँदा पीडितको परिचय खुल्ने भएकाले तत्काललाई सार्बजनिक नगरिएको बताएको छ ।

पीडित किशाेरीले प्रहरीमा दिएको जाहेरी अनुसार आमा नभएको मौका पारी विभिन्न डर धम्की देखाएर बाबुले पटक पटक बलात्कार गर्ने गरेका थिए । घटनाबारे किशोरीले आमालाई जानकारी दिएपनि आमाले बेइज्जत हुने डरले भित्रभित्रै श्रीमानलाई सचेत गराएकी थिइन् ।

तर पटक पटक सम्झाउँदा पनि श्रीमानको ब्यवहार नसुध्रिएपछि आमा-छोरी बाध्य भएर प्रहरीमा उजुरी दिएपछि सो घटना बाहिर आएको हो । पक्राउ परेका उपसचिवमाथि हाडनाता करणीको उजुरी पर्नसाथ मन्त्रालयबाट निलम्बन गरिएको छ ।

हाल उनीमाथि थप अनसन्धान भइरहेको ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले जानकारी दिए।  साभार न्यूज २४ नेपाल

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...