किरात महासंघले व्यक्तित्व सम्मान तथा उभौलिको शुभकामनाका साथ बृहत साँस्कृतिक कार्यक्रम २०७६ आज गर्दै

wwwjerungfilmswwwjerungfilms 8 Jun 2019


आदिवासी किरात महासंघ सम्पूर्ण किरातीहरुको छाता संस्थाको रुपमा २०६४ सालमा स्थापित महासंघ हो । महासंघ किराती महाजाति भित्रका भिन्न भाषा, भिन्न संस्कृति, भिन्न संस्कार आफ्नै मातृभूमि सहितको पहिचान भएका किराती महाजातिहरु बाहिङ, कुलुङ, लोहोरुङ, चाम्लिङ, नाछिरिङ, जेरुङ, थुलुङ, याम्फु, खालिङ, मेवाहाङ, साम्पाङ, बान्तावा, देवान, अठपहरिया लगायत अन्य किराती जाति र समुदायहरुको भाषिक, साँस्कृतिक, ऐतिहासिक भूमिहरुको रक्षा गर्दै समान पहिचान स्थापित गरि उनिहरुको सामाजिक, आर्थिक, शैक्षिक, साँस्कृतिक र राजनैतिक अधिकारको लागि राज्यसंग लड्दै सामाजिक न्याय सहितको जातिय समानताका लागि महासंघले स्थापनाकाल देखि निरन्तर निशर्त सम्बन्धीत निकायहरुमा पहल गदै आएको कुरा यस संचारकर्मिहरुलाई अवगत गराउद छौ ।
यसै क्रममा महासंघले जैविक विविधता, वातावरण सम्बन्धी जनचेतना मुलक कार्यक्रम समुदायमा गर्दै बन, बातावरण मन्त्रालयसंग सम्बन्धीत मन्त्रालयमा बन्दै गरेको विधेयकहरुमा आदिवासीहरुको हक अधिकार समेटिनु पर्ने विषय स्थापना काल देखि निरन्तर पहल गर्दै आएको छ ।
किराती महाजाति भित्रका भिन्न पहिचान राख्ने सम्पूर्ण जातिहरुलाई आदिवासीमा सूचिकृत हुनु पर्ने राज्यसंग माग गर्दै आएको छ । भने महासंघकै पहलमा जातिय पहिचान भएका यी जातिहरुलाई अल्पसंख्यक जातिको रुपमा सूचिकृत गर्न सफल भएको उपलक्षमा यस अभियानमा साथ दिनु हुने मा. श्री हेम कुमार राई(सुरविर)ज्यूलाई महासंघको आयोजनामा व्यतित्व सम्मान तथा साँस्कृतिका कार्यक्रम २०७६ आयोजना गरि नेपाल श्री सुरेश आलेमगर ज्यू नेपाल आदिवासी राष्ट्रि«य लोकतन्त्रीक महासंघको संयोजक तथा पूर्व मा. संविधान सभा सदस्य को प्रमुख आतिथ्यमा अल्पसंख्यक जातिको रुपमा पहिचान दिलाउन साथ दिनु हुने मा. हेम कुमार राई(सुरविर) ज्यूको भव्य सम्मान गरिनेछ ।
तथा बरिष्ठ कलाकार श्री शम्भू राई, दिपक लिम्बु, डिजे मेवाहाङ, दीप वालाहाङ राई, सविन लिम्बु, बुद्ध राई, दौलत राई, मन राज बाहिङ, क्षितिज कुलुङ, माधव कुलुङ, सम्योगान्त कुलुङ, हास्यकालकार तर्फ प्रकाश सुब्बा, दिलिप तामाङ , नृत्यमा अनुसा बाहिङ, युवा कलाकारहरुको प्रस्तुति रहनेछ भने सदस्य संस्थाहरुको तर्फबाट आआफ्नो पहिचान झल्किने साँकृतिक झाँकी सहित बृहत साँस्कृतिक कार्यक्रम हुने जानकारी गर्दछौं ।
व्यतित्व सम्मान तथा बृहत साँस्कृतिक कार्यक्रममा सहभागि भई कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफ पार्न सम्पूर्ण सदस्य संस्थाहरु र दाजुभाई दिदी बहिनीहरुमा आयोजक टिम हार्दिक अनुरोध गरेकोछ ।
कार्यक्रम मिति २०७६ जेष्ठ २५ गते सनिबार
स्थान ः एस. आर क्याटरिङ चावहिल
समयः ११ः३०

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...