अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले प्रेम कुमार राईलाई उद्धार गरि नेपाल फर्काए पीडितको मार्मिक भनाई ( भिडियोमा हेर्नुस् )

wwwjerungfilmswwwjerungfilms 4 Jun 2019

राज कुमार राई ,२१,जेष्ठ–काठमाण्डौं । अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनको पहलमा खोटाङ जिल्ला निवासी प्रेम कुमार राईको मंगलबार उद्धार गरिएको छ । साउदी अरबियामा काम गर्न गएका प्रेम कुमार राई लडेर अङ्गभङ्ग हुदा कम्पनी र मेनवारले उपचार गर्नुको अलवा रमित हेरेर बसेका थिए ।

खोटाङ जील्लाको रुपाकोट मझुवागडी नगरपालिका वडा नम्बर १० हाल धरान उप ( नगरपालिका वडा नम्बर ८ बस्ने राईलाई साउदी अरेबियाबाट उद्धार गरिएको हो । साउदीको दमाम स्थित अल खाफन कम्पनीमा काम गर्दा गर्दै त्यही बिल्डङबाट खसेर राई दुर्घटना हुन पुगेका थिए । दुर्घटना पछि विचलित अवस्थामा रहेको राई लाई अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन को पहलमा सकुसल उद्दार गरि नेपाल ल्याईएको सफेद चरणका को प्रोग्राम कोडिनेटर पदम लिम्बु पावलले बताए ।

कसमस इन्टरनेसनल मेनपावरबाट रोजगारीको सिलसिलामा राई साउदी पुगेका थिए । बिदेश पठाउने मेनपावर र साउदी कम्पनीले उपचार गर्नु त कता न कता, बिदेशको मरुभूमिमा अलपत्र पारि कानमा तेल हालेर टुलुटुलु रमित हेरी रहेको अवस्थामा अन्तत अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले थाहा पाएर नेपाल ल्याएको हो । दुर्घटनामा परि राईको दुवै खुट्टा पूर्ण रुपमा घुमेको छ ।

घटिया र चुइयाँ कम्पनीले भने पिडितलाई इन्सोरेन्स दिनुपर्छ भनेर बाहिर अन्य कतै लडेको हो भनी बाहाना बुन्दै पन्छिन खोजेको उद्धारबादी पदम लिम्बुले बताए । कम्पनीको मालिकले बाहिर घरको कोठाबाट लडेको हो भन्न लगाएको पीडित आफैले नै बताएको छ । काम गर्ने क्रममा जब तीन तलाबाट खसरे गम्भीर घाइते भए पछि कम्पनी र आफूलाई त्यहा पठाउने मेनपावरले समेत बेवास्ता गरेको पीडित राई बताए ।

साथै कम्मनी मालिकले वास्तविक घटना लुकाउन दवाब दिदै बाहिर अन्य कतै लडेको हो भनेर झुट बोल्न समेत लगाएको पीडित राईले बताए । अल नासिर ओभरसिज र एस पि एम ओभरसिज मेन पावरले पनि फेरि त्यही कम्पनीमा दमादम अरु कामदारलाई पठाइ रहेको अवस्थामा यस्तो घटनालाई पनि ध्यान दिन मानव उद्धारबादी लिम्बुले सुझाव दिए ।

राई काम गर्दा गर्दै दुर्घटनामा परि मृत्यूको मुखमा छटपटी रहेको अवस्थामा कम्पनी र मेन पावर दुवै कानमा तेल हालेर टुलुटुलु रमित हेरेर बस्नु दुुर्भाग्य भएको अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन प्रदेश नम्बर १ अध्यक्ष समेत रहेका पदम लिम्बु पावलले बताए ।

दुर्घटनामा परि दुबै खुट्टा गुमाउनु भएका प्रेम कुमार राईलाई नेपाल मात्र होइन, घर पुग्ने सम्मको खर्च पनि अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठनले नै बेहोरि दिएको छ । आउने दिनमा पनि आवश्यक परेको खण्डमा जस्तो अवस्थामा पनि सहयोगको लागि तयार रहेको अन्तर्राष्ट्रिय मानव अधिकार तथा अपराध नियन्त्रण संगठन प्रदेश नम्बर १ अध्यक्ष पदम लिम्बू पावलले जानकारी दिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...