कसरी काम गर्छ ? नेपालमा खुलेको कतार भिषा सेन्टर के हो ? कति शुल्क लाग्छ ?

wwwjerungfilmswwwjerungfilms 3 Jun 2019

जेठ २०, काठमाडौँ | वैदेशिक रोजगारीको लागि नेपाली कामदारको प्रमुख मध्ये एक गन्तव्य कतारले काठमाडौंमा जेठ १५ गतेदेखि ‘कतार भिषा सेन्टर’को औपचारिक शुरुवात गरिसकेको छ । आप्रवासी श्रमिक लिने प्रकृयालाई अझै सजिलो बनाउनको लागि कतारले आफ्नो देशमा काम गर्न आउने विभिन्न आठ वटा देशमा करिब २० वटा भिषा सेन्टर निर्माण गर्ने योजना अनुरुप काठमाडौंमा पनि भिसा सेन्टरको औपचारिक शुरुवात गरेको हो ।

नेपालमै कतार भिषा सेन्टर खुलेपछी यसले लिने शुल्कको बिषयमा बिभिन्न टिकाटिप्पणीहरु सुरु भईरहेको बेला साझा सबाल मिडियाले यस विषयमा सम्बन्धित कम्पनीसँग स्पष्ट जानकारी लिएको छ । कतार भिषा सेन्टरले नेपाली कामदारसँग कुनै पनि शुल्क भिषा सेन्टरले नलिने स्पष्ट पारेको छ । कतारमा रहेको रोजगारदाता कम्पनीलेनै भिषा सेन्टरमा लाग्ने सम्पूर्ण शुल्क तिरीसक्ने हुँदा त्यसबापतको शुल्क कतार जाने नेपाली कामदारले तिर्नु नपर्ने नेपालस्थित कतार भिषा सेन्टरका सेन्टर म्यानेजर गौरव क्षेत्रीले साझा सबाललाई बताए ।

क्षेत्रीले कतार भिषा सेन्टरको अफिसियल वेबसाइटमा उल्लेख भए अनुसारको ‘लाउन्ज फी’ अर्कै देशको हकमा लागु भएको भन्दै उक्त शुल्क (१३७ डलर) नेपाली कामदारले तिर्नु नपर्ने स्पष्ट पारे । उनका अनुसार कतार भिषा सेन्टरको वेबसाइटमा राखिएको उक्त शुल्कबारे जानकारी नेपालको लागि नभएकोले केहि दिनमा वेबसाइटबाटै हटाइनेछ । क्षेत्रीले भने ‘कतार जाने नेपाली कामदारको लागि कतार भिषा सेन्टरले दिने सम्पूर्ण सेवा निशुल्क हुन्छ । यसमा कुनै शंकै नमान्नुस् ।’

उनले बताए अनुसार यस अघि नेपाली कामदारले कतार पुगेपछी गर्ने बायोमेट्रिक र मेडिकल नेपालमै गर्न लागिएको हो । नेपालमा खुलेको भिषा सेन्टरको सेवाले नेपाली म्यानपावर बजार तथा मेडिकल बजारमा कुनै असर नगर्ने उनले दावी गरे । क्षेत्रीले भने ‘यो नेपाली कामदारकै हितमा छ । कतिपय नेपाली कामदार रोजगारीको आशामा कतार पुगेर मेडिकल वा बायोमेट्रिक फेल भई रित्तो हात नेपाल फिर्ता हुन अब पर्दैन । किनभने यस अघि कतारमा कामदार पुगेपछि गरिने मेडिकल अब कतार जानु अघि नेपालमै हुन्छ ।’ 

अब यस्तो हुनेछकतार बैदेशिक रोजगारीमा जाने प्रक्रिया: 

१. पहिले जसरी नेपालमा रहेका म्यानपावर कम्पनीहरुले कतारबाट डिमाण्ड प्रामाणिकरण गरेर ल्याउने गर्थे, उक्त प्रक्रिया यथावत हुनेछ ।

२. म्यानपावर कम्पनीले रोजगारदाता कम्पनीले म्यानपावरलाई पठाएको मागपत्र अनुसार पूर्वस्वीकृति र पत्रिकामा माग भएको जानकारी सहितको विज्ञापन गर्नेछ ।

३. श्रम कार्यालयले दिएको पूर्वस्वीकृति अनुरुप म्यानपावर कम्पनीले कामदारको छनोट पुरानै प्रक्रियामा गर्नेछ ।

४. छनोट भएका कामदारले पुरानै प्रक्रियामा नेपाल सरकारको स्वीकृतिप्राप्त मेडिकल सेन्टरमा पुगेर मेडिकल गर्नेछन् ।

५. कतार जान चाहने कामदारको मेडिकल रिपोर्ट सहितको पुरानै प्रक्रियाका कागजात विवरण म्यानपावर मार्फत कतारमा रहेको रोजगारदाताले पाउने छ र रोजगारदाताले कतारमै भिषा सेन्टरलाई आवश्यक पैसा तिरिदिएर त्यसको रेफरेन्स नम्बर म्यानपावरमा पठाउनेछ । 

६. सोहि रेफरेन्स नम्बर र कामदारको सक्कल पासपोर्ट बोकेर कतार जाने कामदार काठमाडौँमा खुलेको भिषा सेन्टरमा पुग्नेछ र आवश्यक शैक्षिक (प्रमाणिकरण सहितको) तथा आवश्यक कागजात बुझाई नि:शुल्क बायोमेट्रिक सेवा तथा 

मेडिकल गर्नेछ । 

७. भिषा सेन्टरले मेडिकल/बायोमेट्रिक सफल भएको कामदारको विवरण कतार पठाएपछि त्यसैको आधारमा नेपाली कामदारको भिषा जारी हुनेछ ।

८. भिषा आएपछि कामदार अब कतार कामदार भिषामा जानको लागि योग्य हुनेछ । म्यानपावरले अब पुरानै प्रक्रियाले कामदारलाई कतार पठाउनेछ । 

यसरी कतार पुगेका कामदारले कतार पुगेर छुट्टै वायोमेट्रिक तथा मेडिकल गरिराख्नुपर्दैन जसको कारणले कामदार कतारको कम्पनीमा पुगे लगतै काम सुरु गर्न थाल्छ । कतार पुगेको नेपाली कामदारमा पहिले जस्तो कतारमा गरिने मेडिकल फेल हुने वा बायोमेट्रिकको कारण नेपाल फिर्ता हुनुपर्ने भन्ने समस्याको अन्त्य हुन्छ । किनभने यसअघि कतारमा पुगेर गरिने मेडिकल तथा बायो मेट्रिकको सेवा कामदारको भिषा जारी हुनु अगावै नेपालको भिषा सेन्टरले प्रदान गरिसकेको हुन्छ ।  

कतारको भिषा सेन्टर काठमाडौँमा खुलेपछी बिभिन्न संचार माध्यमहरुले अब कतारको रोजगारी खोज्ने कामनै भिषा सेन्टरले गर्ने भन्दै समाचार लेखेका थिए । यस बिषयमा कतार भिषा सेन्टर, काठमाडौँले आफूहरुले बायोमेट्रिक र मेडिकल गर्ने बाहेक अन्य कुनै काम नगर्ने र कुनै पनि नाममा शुल्क नउठाउने स्पष्ट पारेको छ । अनिल अधिकारी |

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...