प्रस्ताव : मुख्यमन्त्रि शेरधन राईलाई कस्ले गर्यो विवाहको प्रस्ताव ?

wwwjerungfilmswwwjerungfilms 3 Jun 2019

एक नम्बर प्रदेशको , मुख्यमन्त्रि शेरधन राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई बिहेको प्रस्ताव आएको छ। प्रदेशस्थित नेकपाका नेता कार्यकर्ताले राईलाई दलितकी छोरीसँग बिहे गरेर छुवाछुतमुक्त प्रदेश निर्माण अभियानको शुभारम्भ गर्न सुझाव दिएका हुन्।

‘छुवाछुतमुक्त समाज निर्माणका लागि एक नम्बर प्रदेशको अभियान’अन्तर्गत शनिबार खोटाङमा आयोजित कार्यक्रममा हालसम्म अविवाहित रहेका मुख्यमन्त्री राईको विहेको प्रसंग उठेको हो।

छुवाछुतमुक्त समाज निर्माणका लागि उत्प्रेरणा जगाउन स्वास्थ्य कार्यालयसँगको सहकार्यमा जिल्ला समन्वय समितिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा आयोजना गरेको सहभोज कार्यक्रममा सहभागीहरुले कार्यक्रममा छुवाछुतमुक्त समाज निर्माणका लागि आफ्नो धारणा राख्नेक्रममा नेकपाका नेता एबं जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्चबहादुर बिश्वकर्माले प्रदेशलाई छुवाछुतमुक्त घोषणा गर्ने अभियान सफल बनाउन मुख्यमन्त्री राईले दलितको छोरीसँग बिवाह गर्नुपर्नेमा जोड दिए। उनको भनाईलाई कार्यक्रममा सहभागीले चाख मानेर सुनेका थिए।

‘प्रदेशले छुवाछुतमुक्त समाज निर्माण गर्ने अभियान थालेको छ। यस अभियानलाई सफल बनाउने हो भने मुख्यमन्त्रीले आफैंबाट सुरुवात गर्नुपर्छ। उहाँले दलितको छोरीसँग बिवाह गर्नुपर्छ’, जिसस सदस्य विश्वकर्माले भने, ‘बरु कलिया गर्न परे म आफै गरौंला।’ खाल्लेमा आयोजित सहभोज कार्यक्रममा धारण राख्दै जिसस सदस्य चर्चबहादुर बिश्वकर्मा ।

सहभोज कार्यक्रममा सहभागी अन्य अतिथिले जातीय विभेदको अन्त्य ‘आफू’बाट सुरु गर्नुपर्ने धारणा राखेका थिए। जातीय विभेदका विरुद्धमा सचेतना अभिबृद्धिका लागि सहभोजको आयोजना गरिएको जिसस प्रमुख बबी चामलिङले बताए।

कार्यक्रम समापन जिल्लामा मुख्यमन्त्रीको विवाहका विषयमा विश्वकर्माको प्रस्तावमा चर्चा सुरु भएको छ।

नेकपासम्बद्ध दलित अगुवाले मुख्यमन्त्री राईको विवाहको कुरा चलाएका हुन्।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...