प्रधानमन्त्री: एकता फुटाउन खोज्ने प्रवृत्ति बढ्दै गयो

wwwjerungfilmswwwjerungfilms 2 Jun 2019

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नकारात्मक प्रवृत्ति बढ्दै गएको भन्दै दुःख व्यक्ति गरेका छन्।

पोखरामा नेपाल स्काउटको राष्ट्रिय रोभर मुट (युवा सम्मेलन) उद्घाटन गर्दै उनले राम्रो कुराको पनि विरोध गर्ने, जेको पनि विरोध गर्ने प्रवृत्ति बढ्दै गएको बताए।

उनले नेकपा पार्टीभित्र देखिएको दुई अध्यक्षको द्वन्द्वलाई इंगित गर्दै एकता हुन नदिने, एकता गरेकालाई पनि फुटाउन खोज्ने फाटो बढाउने प्रवृत्ति बढ्दै गएको बताए।

उनले राष्ट्रिय भावनाभन्दा, क्षेत्रीय, जातीय वा अनेक प्रकारका संकिर्ण भावनाहरू बढ्दै गएको उनको भनाइ छ।

उनले अन्य देशहरू जेल नै नचाहिने अवस्थामा पुगेको बताउँदै नेपालामा पनि जनताले संविधान अनुरूप नै कानुन पालना गरुन् भन्ने आफूले चाहेको बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको नारालाई पूरा गर्न योग्य, सक्षम, स्वथ्य, अनुशासित र जिम्मेवार नागरिक आवश्यक परेको बताए।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।

पोखरामा शुक्रबारदेखि सञ्चालन भएको प्रथम राष्ट्रिय रोभर मुटमा १४ देशका करिब ४ हजार ५ सय युवाहरूको सहभागिता रहेको छ।

१६ देखि २५ वर्षसम्म उमेर समूहका युवाहरूले केही नयाँ ज्ञान, सीप सिक्नुका साथै विभिन्न साहसिक खेलमा सहभागी हुने कार्यक्रम रहेको संयोजक राधाकृष्ण धितालले जानकारी दिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...