अर्बपतिलाई चुनावमा हराए : सानो घर, एउटा साइकल, सामान्य जीवनशैली अंगालेका नागरिकले !

wwwjerungfilmswwwjerungfilms 2 Jun 2019

एजेन्सी । सानो घर, एउटा साइकल, एक सामान्य जीवनशैली अंगालेका नागरिक, साइकल मार्फत चुनाव प्रचार अनि चुनाव पछि पनि उस्तै जीवन शैली। चुनावमा विपक्षीका अर्बपतिलाई भारी मतान्तरले पराजित गर्ने व्यक्ति पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्मा अटाएका छन् ।

मोदीको ५७ सदस्यीय मन्त्रिपरिषद्मा उनले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । जसको चर्चा संसारभर हुन थालेको छ किनकी अति सामान्य जीवन शैलीका उनका विभिन्न तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन । उनी हुन् भारतीय जनता पार्टीको तर्फबाट बाला सोर लोकसभा सीटमा विजयी भएका प्रताप चन्द्र सारङ्गी ।

जब उनले राज्य मन्त्री पदका लागि शपथ लिन मञ्चमा उपस्थित भए, तब सभाहल तालीको गड्गडाहटले भरियो । उनी ओडिशा राज्यका मोदीको रूपमा पनि चिनिन्छन् । सामान्य जीवनशैलीका सारङ्गीले बीजेडीका सांसद एवं अरबपती उम्मेद्वार रवीन्द्रकुमार जेनालाई भारी अन्तरले पराजित गरेका थिए ।

अटो रिक्सा मार्फत उनले र्‍याली निकालेका थिए । भारतको खर्चिलो चुनाव मा उनले पैसा खर्च नगरिकनै चुनाव जितेका हुन्। चुनावपछि पनि उनी झोला बोकेर उनी सामान्य नागरिक जस्तै सडकमा हिँड्छन् । सन् २००४ र सन् २००९को चुनाव पनि उनले त्यसै गरी जितेका थिए ।

सानो घर, एउटा साइकल उनका साथी हुन । मोदी जस्तै सन्न्यासी जीवनशैलीका कारण उनी भारतमा मात्र नभएर अहिले संसारभर चर्चामा छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...