भ्रष्ट्राचारीको बिरुद्ध उत्रेका ज्ञानेन्द्र शाहिको पक्षमा उर्लियो जनसागर

‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही माथि प्रहरीले दिएको यातनाको चौतर्फी आलोचना भईरहेको छ । विना पुर्जी पक्राउ गरेर लछारपछार गरेर लागि निर्ममता पुर्वक कुटेको देख्दा सरकारकै निर्देशनमा कारवाही भएको डा. सुरेन्द्र भण्डारीको अनुमान छ।
उनले सरकार भ्रष्टचारमा लिप्त भएको भन्दै भने, ‘उनलाई पक्राउ गरी यातना दिएको हेर्दा सरकारले भ्रष्टचारको संरक्षण गरेको देखिन्छ। जुन प्रहरीले यस्तो हर्कत गरे सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्नेछ नगरे हामी सरकारविरुद्ध उठ्नेछौ।’
प्राप्त जानकारी आनुसार, शाहीलाई प्रहरी चौकीमा हात बाँधेर २० मिनेटसम्म लौराले कुटेर शरीर भरी निल डाम बनाइनु र हत्यारालाई जसरी हत्कडी लगाएर खान, पिसाव फेर्न समेत नदीई सुर्खेत देखि काठमाडौँसम्म सार्वजनिकबसमा लाइएको हो। उनको हाल राजधानीको ट्रमा सेन्टरमा उपचार भईरहेको छ। उनको ठाउँको, हात, खुट्टा र ढाडमा पटक-पटक लाटीचार्ज भएको कारण चोटपटक धेरै लागेको छ।
सुर्खेतमा आयोजित ‘नेपालको लागि नेपाली’ अभियानको कार्यक्रम चलिरहेको बेलामा गिरफ्तार गरिएको हो। बुधबार उनी लगायत नौ जना अभियान्तालाई प्रहरीले पक्राउ गरेको थियो। ज्ञानेन्द्र शाही सहित अन्य अभियन्तालाई पक्राउ गरेको, भ्रष्टाचार र धुर्मुस सुन्तली फाउन्डेसनमाथि आक्रमण भएको र पशुपतिनाथको जग्गामा चर्च बनाइएको लगायत विरुद्धमा जेठ १८ गते माइतीघर मण्डलामा साढे १ बजे कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा सर्बसाधारणहरुको ठुलै उपस्थिति थियो ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...