उपप्रमुख सुशीलाले क्षेत्राधिकार हस्तक्षेप गरेको आरोप लगाउँदै प्रमुखविरुद्ध बिद्राेह गरिन्

wwwjerungfilmswwwjerungfilms 2 Jun 2019

इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङले नगरप्रमुख महेश बस्नेतले आफ्नो क्षेत्राधिकार हस्तक्षेप गरेको आरोप लगाउँदै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकी छन् । उपप्रमुख नेम्बाङले शुक्रबार न्यायिक समितिको सचिवालय इलाम नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गरी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

नगरप्रमुख बस्नेतले एकल र तानाशाही शैली अपनाएको भन्दै उपप्रमुख नेम्बाङले विगत ६ महिनादेखि नै कार्यपालिका बैठक बहिष्कार गरी मौन आन्दोलन गर्दै आएको जानकारी दिँदै अर्को चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेकी छन् ।

उपप्रमुख नेम्बाङले नगर कार्यपालिकाको बैठक बहिष्कार गरी ध्यानाकर्षण गराउने र त्यसबाट समेत सुनुवाई नभए नगरप्रमुख बस्नेतको कार्यकक्षमा तालाबन्दी गर्ने कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

‘मैले पटकपटक नगरप्रमुख बस्नेतलाई यो विषयमा ध्यानाकर्षण गराएँ । तर, प्रमुखले समस्या सामाधानका साटो उल्टै कारबाही गर्ने धम्की दिँदै हुनुहुन्छ’, उपप्रमुख नेम्बाङले भनिन्, ‘मलाई पनि जनताले चुनेर पठाएको प्रतिनिधि हुँ । म कसैको तानाशाही प्रवृत्तिसमक्ष झुक्नेवाला छैन । न्यायको निम्ति झुक्नु पनि हुँदैन ।’

स्थानीयतहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ अनुसार बजेट तथा कार्यक्रम तर्जुमा समिति उपप्रमुखको संयोजकत्वमा गठन हुने व्यवस्था भएकोमा नगरप्रमुख बस्नेतले इलाम नगरपालिका, इलामको योजना तथा बजेट तर्जुमा नियमावली, २०७४ निर्माण गर्दा उपमेयरमा निहित उक्त अधिकार आफूमा लिएको बताइन् ।

नगरको उक्त नियमावलीमा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक नगरप्रमुखलाई तोकिएको छ । स्थानीयतहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४ मा स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने प्रावधान छ ।

त्यस्तै पछिल्लोपटक जारी गरिएको स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको कानुनी व्यवस्था विपरीत नगरप्रमुख बस्नेतले उपप्रमुखको अधिकार खोसेको उपप्रमुख नेम्बाङको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७ मा समेत स्थानीयतहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्न उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था छ ।

सँगै चुनाव जितेर आएको उपप्रमुखलाई आफ्नै नगरपालिकामा शरणार्थी भएर बस्न बाध्य बनाउने नगरप्रमुख बस्नेतको तानाशाही प्रवृत्तिको चरम सीमा भएकोे पत्रकार सम्मेलनमा बितरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इलाम नगरपालिकाको बैठकमा प्रमुखले जे ल्याउँछन् त्यही रूपमा पास गर्ने प्रवृत्ति रहेको र आफूहरूचाहिँ भत्ताका लागि गएजस्तो मात्र भएकाले बैठक आफूले बहिष्कार गरेको उपप्रमुख नेम्बाङले सञ्चारकर्मीसँग बताइन् । गतवर्षसमेत जनतालाई देखाउनका लागि मात्र आफूले बजेट वाचन गरेकी बताउँदै उनले अब आफ्नो संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिइन् ।

‘गतवर्ष पनि उहाँहरूले रेडिमेट तयार गरेको योजना वाचन मात्र गर्नुप¥यो । यसपटक पनि त्यस्तै सोचेको होला’, उपप्रमुख नेम्बाङले भनिन्, ‘योपटक मेरो संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा भएन भने प्रमुखको कार्यकक्षमा तालाबन्दी गरी थप संघर्षको कार्यक्रम अगाडि बढाउनेछु ।

 उसो त नेम्बाङले यो समस्या पार्टीमासमेत राखिन् । तर, पार्टीका नेताले पनि आफ्नो समस्याको खासै महत्व नदिएको दुःखेसो पोखिन् । ‘मैले यो विषय जिल्लापार्टीमा समेत राखेँ । तर, नेतृत्वले खासै ध्यान दिएन । अब वैकल्पिक बाटोमा लाग्न बाध्य भएँ’, उनले भनिन् ।

यता न्यायिक समितिका लागिसमेत नगरपालिकाबाट एक रुपैयाँ विनियोजन नभएकोप्रति पनिउ पप्रमुख नेम्बाङको आक्रोश छ । बजेट अभावकै कारण न्यायिक समितिको कार्यकक्ष व्यवस्थापन, न्यायिक समितिमा उजुरी प्रशासक र अभिलेख प्रशासक लगायतको व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गठित न्यायिक समितिका दुई जना सदस्यले समेत कार्य व्यस्थता देखाउँदै राजिनामा दिएपछि झनै समस्या आएको नेम्बाङले बताइन् । न्यायिक समितिका सदस्यहरू वडाध्यक्ष माधव भट्टराई र श्यामकृष्ण घिमिरेले कार्यव्यस्तता जनाउँदै राजीनामा दिएका थिए । अहिले न्यायिक समितिको सबै काम उपप्रमुख एक्लैले गर्नुपरेको छ ।

बजेट अभावका कारण मेलमिलापकर्ताहरूलाई तालिमसमेत दिन नसकिएकाले प्रक्रियागत रूपमा कार्यसम्पादन नभएको उनले बताइन् । ‘ठाडो निवेदनको मात्र मेलमिलाप गर्ने गरिएको छ’, नेम्बाङले भनिन्, ‘मेलमिलापकर्तालाई पारिश्रमिकसमेत आफ्नै भत्ताबाट पारिश्रमिक दिने गरेको बताइन् ।’

नगरप्रमुख बस्नेत र उपप्रमुख नेम्बाङबीच नगरको पहिलो बजेट तर्जुमादेखि नै खटपट सुरु भएको थियो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...