कपिलवस्तु जिल्लामा अनुगमन : दुई स्थानीय तहमा मेड्पा टोली

१८,जेष्ठ–तौलिहावा कपिलवस्तु । सामाजिक स्वास्थ्य शिक्ष उत्थान केन्द्र बालाजु काठमाण्डौं र घरेलु तथा साना उद्योग कार्यलय कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालन भई रहेको तालिमलाई बिहिबार मेड्पा टोलीद्वा अनुगमन गरिएको छ ।
कपिलवस्तु जिल्लाको पाँच स्थानीय तहमा सञ्चालन भईरहेको लामो,मध्यम तथा छोटो अवधिको तालिम अन्तरगत कपिलवस्तु नगरपालिका वडा नं १० नगवा र बाडगंगा नगरपालिकाको ७ नं र ५ नं वडामा बिहिबार अनुगमन गरिएको छ । सो अनुगमनको क्रममा लाली गुँरा लघु उद्यमी महिला समुह (डल तथा कुशन),गरुड गँगा युवा लघु उद्यमी समुह( बाँस मुढा सामाग्री) र सिलाई कटाई समुहले सामुहिक रुपामा अनुगमन टोलीहरुलाई स्वागत समेत गरेका थिए ।

कपिलवस्तु न.पा. १० नगवामा लामो अवधिको ३९० घन्टे सिलाई कटाई, कुशन डल झुला सम्वन्धी सीप तालिम र वाणगंगा न.पा. वडा नं. ७ मोतिपुरडाँडामा लामो अवधिको कुशन डल सम्वन्धी सीप तालिम संचालन भईरहेको छ । मध्यम अवधिको सीप तालिम अन्तर्गत यशोधरा गा.पा. ७ सेमरीमा व्ब्यूटी पार्लर र पशुपालन सम्वन्धी सीप तालिम संचालन भईरहेको छ ।

त्यस्तै मायादेवी गाँउपालिका छोटो अवधिको तालिम अन्तर्गत दालमोठ, आलुको चिप्स र अगरवत्ति वनाउने सम्वन्धी सीप तालिम सञ्चलन भईरहेको छ । छोटो अवधिको सीप तालिम अन्र्तगत नै शुद्धोधन गा.पा ६ महादेवीमा वाख्रा पालन सम्वन्धी सीप तालिम भईरहेको छ भने ४० जना उद्यमीहरुलाई बाख्रा पालनको वीमा कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
जिल्ला समन्व्य समिति अधिकृत नारायण खनाल, मेड्पा कार्यक्रम मुल्याङकन समिति संयोजक (जिल्ला समन्व्य अधिकारी) जगन्नाथ लामिछाने, घरेलु तथा साना उद्योग विकास कार्यलय कपिलवस्तुका उद्योग अधिकृत राजन के.सी., उद्योग अधिकृत अग्नीधर पोखरेल र लेखा अधिकृत सीता मरासिनी तथा सेडेक नेपालका कपिल वस्तु जिल्ला संयोजक निर्माण घिमिरे लगायतका टोलीहरुले अनुगमन गरेका हुन् ।

अनुगमनको क्रममा सहभागीहरु निकै उत्साहित अनुशासित र क्रियाशील रहेको पाइएको छ । जिल्ला समन्व्य सभापति नारायण खनालले सीप सिकेर उद्यमशील वन्दै कपिलवस्तु जिल्लाकै आर्थीक समृद्धीमा जोड दिन सहभागिलाई आग्रह गर्नु भयो । साथै उहाले सहभागीहरुलाई शुभकामना दिदै चुस्त र दुुरुस्त रुपमा तालिम संचालन गरेकोमा आयोजक संस्थालाई पनि धन्यवाद दिएका थिए ।

एक सहभागीले आफूहरुको तर्फवाट बोल्दै आफुहरुलाई तालिम पश्चात थप तालिम र भवनको आवश्यकता भएको बताइन् । घरेलु तथा सना उद्योग कार्यलयका उद्योग अधिकृत राजन के.सी. ले संस्थाले निर्देशन दिएको निर्देशीका मोडल वमोजिमको कार्यलाई मात्र आफूहरुले मान्य हुने बताए । सहभागीहरुको भनाईलाई उद्धृत गर्दै जिल्ला समन्व्य अधिकारी, वडा अध्यक्ष जिल्ला अनुगमन समिति संयोजक लगायतले नेपाल सरकारबाट छुटइयाएको बजेटबाट चाडो भवन निर्माण पहल गरिदिन आग्रह गरेका थिए ।

तर घरेलु उद्योग अधिकृत के.सी.ले भने सीधै अस्वीकार गर्दै उद्यमीहरुको भवन निर्माणको लागी बजेट दिन नसकिने बताए पछि केही अनुगमन समितिकै अधिकारीहरु र सभागीहरु रुष्ट भएर गर्जिएका थिए । उनीहरु बीच केही भनाभन समेत भएको थियो । उद्यमीहरुका लागी छुट्टै बजेट आएको तर घरेलु उद्योग अधिकृतले जानकारी नै नदिई यसलाई फ्रिज गराउन खोजेको वा यसलाई अन्त कतै पठाइ सकेको वडा अध्यक्ष मोहन लाल शर्माले आरोप लगाए ।

घरेलु अधिकृत के.सी. भने लामो प्रक्रिया भएकोले सीधै बजेट दिन नमिल्ने भन्दै पन्छिन खोजिएका थिए । जिल्ला समन्व्य समिति अधिकृत नारायण खनाल र मेड्पा कार्यक्रम मुल्याङकन समिति संयोजक (जिल्ला समन्व्य अधिकारी) जगन्नाथ लामिछानेलले उद्यमीहरुको लागी छुटयाएको बजेट अबिलम्ब उलब्ध गराउन माग गरे । साथै आवश्यक भवन निर्माणको लागी आफूहरुको तर्फबाट पनि सक्दो पहल गरिदिने प्रतिवद्धता जनाएका थिए ।

निर्देशीका र समझौता अनुसार नै कार्यक्रमलाई अगाडी बढाएको बताउदै जिल्लाकै उत्कृष्ट नमुनाको रुपमा यो चलिरहेको सीप तालिम सफल हुने विश्वास रहेको संयोजक निर्माण घिमिरेले बताए । साथै तालिममा सहभागीहरुलाई सफल उद्यमी बन्न शुभकामना दिदै तालिमको महत्वको बारेमा पनि घिमिरेले प्रकाश पारेका थिए ।


नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...