आदिबासी जनजाती चलचित्र महासंघले मातृभाषी चलचित्र तेस्रो महोत्सव २०७६ ले राज्यको अर्थतन्त्रमा ठूलो सहयोग पुर्याउने आशा र ऐतिहासिक महोत्सव बनाउने ।

wwwjerungfilmswwwjerungfilms 29 May 2019

जेरुङ फिल्मस सम्बाददाता । काठमाण्डौ, जेष्ठ १५ गते बुधबार । आदिबासी जनजाती चलचित्र महासंघले आज भृकुतिमण्डप स्थित नेपाल  पर्यटन बोर्डमा प्रेसमिट राखि आदिबासी मातृभाषी  चलचित्र महोत्सव २०७६ र उदेश्यबारे महासंघका अध्याक्ष अमृत बहादुर सुनुवारले यसरी प्रस्तुति गर्नुभयो । आदिवासी जनजाति चलचित्रकर्मीहरुको एउटा स्वायत्त, मुनाफा रहित र शुद्ध सामाजिक अधिकारमुखी राष्ट्रिय स्तरका साझा छाता संगठन हो । महासंघमा विभिन्न आदिवासी जनजाती समुदायमा चलचित्र र चलिचित्रकर्मीसँग सम्बन्धित केन्द्रिय स्तरका एक–एक वटा संस्थाहरु सदस्य रहने व्यवस्था छ ।

यस महासंघले हरेक वर्ष विभिन्न आदिवासी जनजाति चलचित्रहरुको प्रवद्धन तथा संवद्धन गर्नका लागी विभिन्न कार्यक्रमहरु सहित बिगत दुई वर्ष देखि आदिवासी जनजाति चलचित्र महोत्सब आयोजना गदै आई रहेको छ । यसै सन्दर्भमा, यस वर्ष पनि सोहि महोत्सबलाई तिरन्तताको  लागी यहि मिति २०७६ साल जेष्ठ महिनाको २४, २५  र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमार्डैमा तिन दिने तेस्रो आदिवासी जनजाति चलचित्र महोत्सब २०७६ कार्यक्रम सु–सम्पन्न हुनेछ  ।

नेपाल एक बहुभाषी, बहुजाती, बहुधार्मिक, बहुसाँस्कृतिक राज्य हो । मुलुकको अर्थतन्त्रलाई बलियो बनाउदै राष्ट्रको पहिचान लाई जोगाई राख्ने अठोटका साथ आदिवासी जनजाति चलचित्रकर्मीहरु आदिवासी चलचित्र निमार्ण गरिरहेको छन् । २०४४ सालमा नेवारी भाषाको चलचित्र शिलु निर्माण भए देखि झण्डै ७०० सय भन्दा बदी कथानक आदिवासी चलचित्र र ५०० भन्दा बदी सर्ट फिल्म र डकुमेन्ट्री निर्माण भईसकेको छ । तर नीतिगत समस्याका कारण सोचे अनुरुप आदिवासी जनजाति चलचित्रको विकास हुन सकेको छैन ।

यदी राज्य र सम्बन्धित निकायले चासोका साथ बचाई राख्नुका साथै नेपालको साँस्कृतीक र प्राकृतिक क्षेत्रमा पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुप्याउने बिश्वासका साथ महासंघले तिन दिबसिय आदिवासी जनजाति चलचित्र मोहत्सव २०७६  कार्यक्रमको आयोजना गर्न लागेको हो् । चलचित्रको माध्यमद्धारा आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजिकरण, संरक्षण, प्रवद्धनका साथै पर्यटन विकासका लागी राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ कार्यक्रमले सहयोेग गर्ने लक्ष्य लिएको छ ।

यस महोत्सवमा आदिवासी जनजाति चलचित्र वित्तचित्र र छोटो चलचित्र गरी २० वटा आदिवासी जनजाति प्रदर्शन गरिनुका साथै आदिवासी जनजाति चलचित्रको वस्तुगत अबस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिवासी जनजाति समुदायकाृे परम्परागत खानाको आदिवासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, प्रस्तुत आलिको स्टलहरु  रहने छन् । यस महोत्सवमा दर्शकहरुबाट छनोट भएका उत्कृष्ट  चलचित्रलाई पब्लिक च्वाईस अवार्ड, उत्कृष्ट आदिवासी चलत्रिचत्र (जुरी अवार्ड) अभिनय तर्फ महिला÷पुरुष उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट क्यामेरामेन गरी जम्मा ६ जना बिधामा अवार्ड बितरण गरिने छ ।  

आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा हुने तेस्रो नेपाल आदिवासी जनजाती चलचित्र महोत्सव २०७६ मा चलचित्र विकास बोड, काठमार्डौ नगरपालिका, नेपाल टेलिकम, राष्ट्रि वाणिज्जय बैंक, नेपाल पर्यटन बोर्ड, राष्ट्रिय आदिवासी महिला मञ्च आदि संस्थाहरुको सहकार्य रहनेछ   भने गूरुङ फिल्म एसोसियसन नेपाल, मगर चलचित्रकर्मी संघ, तामाङ चलचित्र संघ, किरात राई चलचित्रर्की संघ, याक्थुङ मुनचईत चोक सयम (लिम्बु), सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज, थारु चलचित्र तथा साँस्कृतिक संघ, नेवा फिल्म सोसाईटी, माझी चलचित्रकर्मी संघ, राजबंशी चलचित्रकर्मी समाज समिति, भुजेल चलचित्रकर्मी संघ, मुगाली चलचित्रकर्मी विकास संघ, जिरेल चलचित्रकर्मी संघ  सह आयोजक रहेनेछन ।

यस महोत्सवकै अबसरमा नेपाल पर्यटन बोर्डको हलमा २०७६ जेष्ठ २५ गते शनिबार बिहान ८ः०० चलचित्रमा आदिवासी जनजाति महिलाको सवाल र २६ गते आईतबार बिहान ८ः०० बजे आदिवासी जनजाति चलचित्रको अवसर र चुनौती बिषयका अन्तरक्रिया कार्यक्रम समेत राखिएको  महासंघको अध्याक्ष अमृत बहादुर सुनुवार र महासचिव पुर्खाजित राईले  जानकारी दिनुभयो ।

 महोत्सवमा प्रर्दशन हुने चलचित्रहरु सुचि यस्तो रहेको छ ।

१. म्ले क्यु ( गरुङ )                        निर्देशक ः– जस माया गुरुङ

२. रिजेनासा ( गरुङ )                      निर्देशक ः– प्रितम गुरुङ

३. मोङो डोङा–२ (माझी)         निर्देशक ः– सुञ्जीत माझी

४. द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा)      निर्देशक ः– सेर्कु शेर्पा

५. पुल्टी (राजबंशी)                        निर्देशक ः– प्रबलद्धिप बिश्वास

६. यारी (राई)                             निर्देशक ः– बिर बहादुुर राई

७. वाम्बुले राई संस्कार (राई)                निर्देशक ः– कृष्णाजित राई

८. छ्ेंगु (सुनुवार)                          निर्देशक ः– लक्ष्मी सुनुवार

९. आङा थेबा (तामाङ)                     निर्देशक ः– अमृत बहदुर सुनुवार

१०. झुमरा नाच (थारु)                    निर्देशक ः– आशिष बिक

११. खुर्पेटो (मगर)                         निर्देशक ः– बिश्वास मगर (बिकास)

१२. साङगेला घ्रान (तामाङ)                निर्देशक ः– दिपक तामाङ

१३. कृषा गौतमी (नेवार)                   निर्देशक ः– रामकृष्ण खड्गी

१४. नौलिन भद्रकाली जात्रा (नेवार)         निर्देशक ः– रामकृष्ण श्रेष्ठ

१५. तिनपाने मगर                        निर्देशक ः– युकी आले

१६. के (लिम्बु)                           निर्देशक ः– सागर केरुङ

१७. धुर्सा (तामाङ)                        निर्देशक ः– कमल योञ्जन तामाङ

१८. के साङ्ला (लिम्बु)                    निर्देशक ः– लोकन साँवा लिम्बु

१९. निप्हागाल (भुजेल)                    निर्देशक ः– कृष्ण कुमार गुरुङ

२०. सिरुवा पावैन (थारु)                  निर्देशक ः– पशुराम चौधरी

समय तालिका यस प्रकार रहेकोछ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...