प्रधानमन्त्री ओलीले लिए विश्वविद्यालयको विद्यावारिधि, क्रिश्चियन धर्म प्रवर्द्धन गर्ने

wwwjerungfilmswwwjerungfilms 29 May 2019

प्रधानमन्त्री ओली

काठमाडौैं २०७६ जेठ १५ बुधबार । प्रधानमन्त्रीलाई बुधबार नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानको हलमा विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो ।

क्रिश्चियन धर्म फैलाउन खोलिएको दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिले विभूषित गरेको छ ।

प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालयले मूल मन्त्रको रूपमा सत्य, स्वतन्त्रता, समानता र कल्याण तथा क्षमतायुक्त व्यक्तिलाई महत्व दिने जसले स्वर्गको पूजा र मानवजातिको सरंक्षण र क्रिस्चियानिटी (इसाइकरण)को भावना र मानवीय  हिसाबले समाज र समग्र मानवजातिको लागि काम गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

तर, केही समयपछि उक्त विश्वविद्यालय ‘फेक’ ठहरियो । विश्वविद्यालय कम्पनी लिमिटेडका रूपमा दर्ता भएको भन्ने खबर बाहिर आएपछि त्यही विश्वविद्यालयबाट विद्यावारिधि पाएका मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र कान्तिपुरका तत्कालीन निर्देशक रामेश्वर थापाले उपाधि फिर्ता गरे पनि ‘मैले कागजपत्र पढेर, बुझेरै मानार्थ विद्यावारिधि लिएको हुँ ।

मानार्थ उपाधिको चाङ
प्रधानमन्त्रीले विवादास्पद विद्यावारिधि ग्रहण गरेको यो पहिलोपटक होइन । उनलाई २०६७ असोज ११ गते अमेरिकामा रहेको भनिएको ग्रिनफोर्ड युनिभर्सिटीले काठमाडौंमा विशेष दीक्षान्त समारोह आयोजना गरेको थियो । र, मानार्थ विद्यावारिधिको उपाधिद्वारा विभूषित गरेको थियो । 

उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले उनलाई ‘अनररी डक्टर अफ साइन्स’ (मानार्थ विद्यावारिधि) द्वारा विभूषित गरेको थियो ।

यसलाई फिर्ता गर्दिनँ’ भन्दै उनले ‘विद्यावारिधि’को प्रतिरक्षा गरेका थिए । उनले उपाधि लिएको उक्त युनिभर्सिटीको वेबसाइटसमेत अहिले बन्द छ । त्यस्तै गत चैत २५ गते राजकीय भ्रमणका लागि भारत गएका प्रधानमन्त्री ओलीलाई त्यहाँको उत्तराखण्डको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गर्‍यो ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै भारतको राजकीय भ्रमणमा गएको भन्दै यसै उनको आलोचना भइरहेको थियो । ‘सम्बन्धित विषयमा साइनो–सम्बन्धै नभएका’ ले विद्यावारिधि पाएको भन्दै सामाजिक सञ्जाल गर्माउने विषय बन्यो ।

विद्यावारिधिको उपाधि ग्रहण गरेको प्रति नयाँ शक्ति पार्टी, नेपालका संयोजक रहेका डा. बाबुराम भट्टराईले व्यंग्य नै गर्न भ्याए–

‘‘डा. ( विद्यावारिधि) क्लब’ मा प्रम डा. ओलीलाई हार्दिक स्वागत तथा बधाई !” गत असोज दोस्रो साता भ्रमणका लागि कोस्टारिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ पनि मानार्थ विद्यावारिधि उपाधि ग्रहण गरे ।

कोस्टारिकाको सान जोसमा रहेको शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) ले उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गर्‍यो । त्यसबखत नेपालले युनिभर्सिटी फर पिसको स्थापनासम्बन्धी अन्तरराष्ट्रिय सन्धीमा हस्ताक्षर समेत गरेको थियो ।

त्यसरी विश्वविद्यालय चार्टर अङ्गिकार गर्ने नेपाल ४१ औँ मुलुक थियो ।

साभार १२ खरी

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...