चैनपुर–६ मा भेटियो ६०० वर्ष पुरानो इँटा

wwwjerungfilmswwwjerungfilms 28 May 2019

अनिष विष्ट,   संखुवासभाको चैनपुर–६ मा फेला परेको ६ सय वर्ष पुरानो इँटा।

संखुवासभाको चैनपुर बजारमा ६ सय वर्ष पुरानो इँटा फेला परेको छ। चैनपुर नगरपालिका–६ मा मल्लकालीन समयमा उत्पादन भई प्रयोग भएको इँटा भेटिएको हो। स्थानीय नारायण श्रेष्ठको घरको पिंढीमा प्रयोग भएको इँटा १४ औं शताब्दीभन्दा अघिको रहेको दाबी इतिहासविद् डा. रमेश ढुंगेलले गरे।

नेपाल एकीकरणभन्दा अगाडि नै चैनपुरको ऐतिहासिकता रहेको उनले गरे। यसको संरक्षण आवश्यक रहेको उनले बताए। चैनपुर संखुवासभाको पुरानो सदरमुकाम हो। इँटाको लम्बाइ १४ इन्च, चौडाइ ८ इन्च र मोटाइ २ इन्च छ। पुरातत्व विभाग, जनप्रतिनिधि र स्थानीयलाई आह्वान गरी यसको सुरक्षा रेलिङ राखेर गर्नुपर्ने उनको भनाइ छ। यसबारे विभागमा लिखित जानकारी गराउने उनले बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विज्ञ टोली सदस्य हुन्। ‘चैनपुरको इतिहासमा नयाँ कुराको प्राप्ति भएको छ’, उनले भने, ‘६ सय वर्षभन्दा पुराना इँटा फेला परेका छन्। उनका अनुसार यसले चैनपुरको इतिहासमा महत्वपूर्ण प्रमाण थपेको छ।

स्थानीय सरकारले संरक्षणको काम थाल्ने उनको भनाइ छ। नवौं देखि १४ औं शताब्दीसम्म यसप्रकारको इँटा उत्पादन भएको देखिएको स्थानीय रामकुमार दाहालको भनाइ छ। चैनपुरका अन्य घरमा पनि यस्तै इँटा प्रयोग भएको उनले सुनाए। पुराना इँटा प्रयोग भएको घरका धनी श्रेष्ठ भने विराटनगरमा बस्दै आएका छन्।

त्यसपछि विभागका कर्मचारी आएर थप खोजबिन गर्नेछन्। यसअघि हटिया गोलामा पुरानो हतियार फेला परेको थियो। यसले इतिहास थप भएको चैनपुरका मेयर भरतकुमार खत्रीले बताए। ‘चैनपुर बजारमा अझै पुराना शैलीका घर प्रशस्त छन्’, उनले भने, ‘मल्लकालीन इँटा फेला परेकाले यस क्षेत्रको महत्व अझ बढेको छ।

मेजर पाटीका रूपमा रहेको पाटीलाई त्यस समयमा बस्नेत पौवा भनिने गरेको पाइएको ढुंगेलको भनाइ छ। भोट र सिक्किममा युद्ध लडेर चैनपुरलाई एकीकृत नेपालमा मिलाउन दोस्रो मुख्य काजी बत्तावरसिंह बस्नेत टोलीको योगदान रहेको इतिहास छ। 

विक्रम संवत् १८४५ मा स्थानीय स्तरमा नेतृत्व गर्ने आशा खत्री, मनोहर डाँगी, स्वरुप डाँगी, वि श्राम राउत र लिम्बू जातिका लडाकुलगायत विभिन्न जनजातिलाई आफ्नो पक्षमा लिएर चैनपुरलाई नेपालको क्षेत्रमा राखिएको ढुंगेलले बताए। उनका अनुसार १८३०–३१ मा पृथ्वीनारायण शाहका पालामा बत्तावरसिंहका बुवा जनरल अभिमानसिंह बस्नेतको फौजले लडाइँ नगरी चैनपुर क्षेत्रलाई एकीकृत नेपालमा मिलाएको इतिहासमा उल्लेख छ।

सिक्किम र भोटको युद्धले चैनपुरलाई आफ्नो बनाएको थियो। तर, पछि बत्तावरसिंहको टोलीले फिर्ता ल्याएको थियो। चैनपुर फिर्ता भएको विजयको खुसियालीमा मेजर पाटी बनाइएको ढुंगेलको भनाइ छ। उनका अनुसार चैनपुरकै बानेश्वर मन्दिरमा पनि टेरकोटा भैरवको मूर्ति छ।

उक्त मूर्ति २ सय ५० वर्ष पुरानो रहेको उनले उल्लेख गरे। सिद्धकाली मन्दिरमा सिक्किमले शासन गरेको समयमा लेखिएको शिलालेख अझै छ। त्यसमा ‘ॐ आ हुँम’ तान्त्रिक मन्त्र लेखिएको पाइन्छ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...