सकिए दलालका दिन : अब घरमै बसेर सरकारी अनलाईनबाट आफै काम रोजेर विदेश जान सकिने !

wwwjerungfilmswwwjerungfilms 27 May 2019

काठमाडौ । नेपालको बढ्दो बेरोजगारीले अहिले पनि कामका लागि विदेश जाने नेपालीहरुको संख्या बढ्दो छ । योबीचमा कामा लागि विदेश जाने क्रममा धेरै व्यक्तिहरु ठगिने गरेका छन् । के तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ ? विदेशमा पाइने कामको बारेमा बुझ्न चाहनुहुन्छ ? अबदेखि कामका लागि कुनै दलाललाई सोध्नु नपर्ने भएको छ ।

अब घरमै बसेर विदेशमा पाइने कामको बारेमा जानकारी लिन सकिने भएको छ ।अनलाइनमार्फत आफूले गर्न चाहेको कामको बारेमा कुन देशबाट ‘डिमाण्ड’ आएको छ र सेवासुविधा कस्तो छ भनेर बुझन सकिने भएको हो ।

वैदेशिक रोजगार विभागले कामदारको मागबारे अनलाइनबाटै जानकारी लिन सक्ने प्रविधिको विकास गरेको जानकारी दिएको छ ।विभागका महानिर्देशक भिष्मकुमार भुषालले अनलाईनबाट नै कुन देशका कुन कम्पनीमा कस्ता कामका लागि माग आएका छन् भन्ने जानकारी अब विभागको अनलाइन मा हेर्न सकिने जानकारी दिनुभयो ।

यो विकाससँगै अब कामदारले विदेशमा पाइने कामको बारेमा एजेण्ट वा म्यानपावरको झुटो आश्वासनमा फस्न नपर्ने विश्वास गरिएको छ । उहाँले सबैलाई सचेत हुन आग्रह गर्दै भन्नुभयो, ‘अब जान चाहेको काम, पाइने सेवा सुविधा लगायतको जानकारी वेवसाइटबाटै लिन सकिन्छ, त्यसैले अब दलाल र म्यानपावरको झुटमा नफस्नुहोला ।

आफ्नो इच्छाको काम, दाम र त्यो काम पाइने ठाउँसँगै नेपालबाट त्यो काममा पठाउने म्यानपावर कम्पनीको बारेमा समेत जानकारी लिन सकिने महानिर्देशक भुषालले जानकारी दिनुभयो । सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । यो ववसाईटमा क्लिक गरेर सबै जानकारी लिनुहोस् । http://dofe.gov.np/

प्रतिक्रिया दिनुहोस्

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...