शिक्षकको हाजिरी वडाध्यक्षले काटे

wwwjerungfilmswwwjerungfilms 27 May 2019

धादिङ : शिक्षा विकास तथा समन्वय इकाइ धादिङले पठाएको शिक्षकको हाजिर वडाध्यक्षले काटिदिएका छन्। शिक्षक सेवा आयोगबाट स्थायीमा नाम निकालेका टीकाराम बस्ताकोटीलाई शिक्षा विकास तथा समन्वय इकाइ धादिङले नीलकण्ठ नगरपालिका–१४ धुवाकोटस्थित सरस्वती माविमा पठाएको थियो।

घरपायक पर्ने भन्दै शिक्षक बस्ताकोटीलाई धुवाकोट पठाए पनि वडाध्यक्ष फन्द्रा तामाङले विद्यालय हाजिरीपुस्तिकामा बस्ताकोटीले गरेको हाजिर काटिदिएका हुन्।

जिल्ला शिक्षा कार्यालयको पत्र बोकेर वैशाख ९ गतेदेखि सरस्वती माविमा पढाउन गएका बस्ताकोटीलाई हाजिर नगराउन दबाब आएको तत्कालीन प्रधानाध्यापक राजन श्रेष्ठले बताए। उनले भने, ‘विद्यालय व्यवस्थापन समितिसमेत छैन तर शिक्षक बस्ताकोटीलाई हाजिर नगराउन वडाध्यक्षदेखि केही स्थानीय नेताले दबाब दिए।

 शिक्षा विकास तथा समन्वय इकाइले पत्र पठाएको आधारमा आफूले वैशाख २९ गते शिक्षक बस्ताकोटीको हाजिर गराएपछि वडाध्यक्ष आएर उनको हाजिर काटिदिएको श्रेष्ठले बताए। ‘मैले माथिको आदेश पालना गरेँ’, शिक्षक श्रेष्ठले भने, ‘तर वडाध्यक्षले बस्ताकोटीको हाजिर काटिदिनुभयो।

विद्यालय व्यवस्थापन समितिसमेत नभएको अवस्थामा वडाध्यक्षले शिक्षकको उपस्थिति अनुगमन गर्न पाउने व्यवस्था भए पनि हाजिरमै रातो मसी लाउने अधिकार नभएको शिक्षकले बताएका छन्। वडाध्यक्षले आफ्नो क्षेत्राधिकार मिचेर हाजिर काटिदिएको शिक्षकले बताए।

वडाध्यक्षले शिक्षक टीकाराम बस्ताकोटीको हाजिरीमा रातो मसीले केरेर वडाध्यक्षको छाप लगाएपछि अभिभावक भेलाको निर्णयले हाजिर काटिदिएको उल्लेख गरेका छन्। विद्यालयमा सामाजिक विषय शिक्षकको दरबन्दी खाली भए पनि गणित विषयमा नाम निकालेका शिक्षकलाई हाजिर गराएकाले अभिभावक भेलाको निर्णयबमोजिम हाजिर काटिदिएको अध्यक्ष तामाङको दाबी छ।

विद्यालयमा सामाजिक विषय शिक्षकको दरबन्दी खाली भए पनि सामाजिक विषय पढाउनुपर्ने सहमतिमा गणित विषयमा नाम निकालेका शिक्षक बस्ताकोटीलाई शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयमा पठाएको थियो।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...