ओलाङचुङ्गोला बाटो निर्माणमा जुटे, गाउँ नै रित्तो बनाएर |

wwwjerungfilmswwwjerungfilms 26 May 2019

प्रदेश सरकारबाट पदमार्ग सुधारका लागि विनियोजित ५० लाख रुपैयाँको काम सक्न उनीहरु घर गाउँ छाडेर यसरी कस्सिएका हुन् । गाउँ छाडेर सबैजना काममा हिँडेपछि गाउँ नै सुनसान बनेको छ । जेठ लाग्दासम्म बाक्लो हिमपात हुने भएकाले यो क्षेत्रमा यसअघि काम गर्न नसकिएको घाङ्लुङ संरक्षण उपभोक्ता समितिको अध्यक्ष छेतेन शेर्पाले बताउनुभयो ।

अरु समयमा गलैँचा बुन्न र घरायसी काममा व्यस्त हुने ओलाङचुङ्गोलाकी याङ्जे शेर्पा खाने बस्ने प्रबन्धसहित झण्डै चार हजार मिटर उचाइको हाराहारीमा पर्ने थाङ्जेमा पुग्नुभएको छ । उहाँसहित करीब २५ जना महिलासँगै छन्

पुरुषसमेत गरेर झण्डै ७० जना ओलाङचुङ्गोलावासी खाने बस्ने प्रबन्धसहित ग्रेट हिमालयन ट्रेलअन्तर्गत पर्ने नागोदेखि थाङ्जेसम्मको पदमार्ग निर्माण तथा स्तरोन्नतिका लागि शनिबार त्यहाँ पुगेका हुन् । असार मसान्तसम्म उनीहरु उक्त पदमार्गमा सोलिङ हाल्ने तथा स्तरोन्नति गर्ने काममा नै व्यस्त हुनेछन् । काम गर्नुपर्ने ठाउँ बस्तीदेखि निकै टाढा रहेकाले उनीहरु खाने, बस्ने प्रबन्धसहित गएका हुन् ।

ठूलो सङ्ख्यामा कामदार पुगेकाले समयमा नै काम सकिने उहाँको भनाइ छ । उहाँका अनुसार प्रत्येक घरबाट एक जनादेखि तीन जनासम्म संलग्न छन् । करीब पाँच किलोमिटर पदमार्गभित्र आवश्यकपर्ने ठाउँमा सोलिङ गर्नुपर्ने साथै बाटो पन्छाउनु पर्नेछ । कामदारलाई तीन समूहमा विभाजन गरिएको छ । पदमार्गलाई समेत विभिन्न भागमा विभाजित गरेर सबै समूहलाई काम गर्न सजिलो, अप्ठ्यारो भाग बराबरी पर्ने गरी मिलाइएको छ । काम गर्ने हरेक समूहको नेतृत्वकर्ता छनोट गरिएको छ भने समितिका पदाधिकारी तथा सदस्यसमेत सबै समूहमा सामेल छन् ।

 झण्डै तीन हजार ८०० मिटरदेखि चार हजार मिटरको उचाइसम्म पर्ने पदमार्गको स्तरोन्नतिको काममा हिउँ परेकाले अवरोध भयो, अहिले अलि कम भएकाले सबै गाउँलेलाई समूह समूहमा विभाजन गरेर काममा खटाएका हौँ, शनिबार झण्डै ७० जनाको हाराहारीमा गाउँले कार्य क्षेत्रमा पुगेका छन्’ अध्यक्ष शेर्पाले भन्नुभयो । असार मसान्तसम्ममा जसरी पनि योजना सम्पन्न गर्नुपर्ने हुँदा गाउँले सबै मिलेर लागि परेको उहाँले बताउनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...