राजनीतिज्ञहरुलाई गायक भीम कुसारीले कुर्सी प्रहार गरे पछि प्रचण्ड,बाबुराम,शेरबहादुर देउपा तथा प्रम के.पी.लगायतका नेताहरुले के के भने त ?( भिडियो सहित )

wwwjerungfilmswwwjerungfilms 25 May 2019

राज कुमार राई,११,जेष्ठ–काठमाण्डौं । बर्तमान राजनीति र यथार्थ परिस्थिलाई ब्यङग्य गर्र्दै गायक भीमकुसारीले नयाँ गीत बजारमा ल्याएको छ । वर्तमान राजनीति फोहोरी खेल तथा किनबेचको थलो भएको औल्याउदै सधै सट्टा टिकाई राख्न उनीहरुले जे पनि गर्न सक्ने मुल आशय यस गीतमा समेतिएको छ ।

सबै नेता कार्यकर्ता तथा देशभक्त बन्न खोज्नेहरु नै घुस खोरी भ्रष्टचारी भएको सन्देश यस गीतको माध्यमबाट दिन खोजिएको छ । राणा शासनको गन्धले लिप्त भएको हाम्रो देशमा चोरी डकैती ,लुटपात,हत्या हिंशा भलात्कार जस्ता जघन्य अपराधहरु दिनानुदिन बढ्दै गएको छ ।

यस्तो अपराधिक क्रियाकलापमा राजनीतिको ठुलो शक्ति रहेको औल्याउदै गायक कुसारीले चोटिलो ब्यङग्य प्रहार गरेका छन् । वर्तमान परिस्थितिलाई सुहाउने किसिमको देश भक्ति भावनाले ओतप्रोत मार्मिक गीत भर्खरै मात्र बजारमा ल्याएको छ ।

केहि समय अघि मात्र मुन्द्रे डाईभर गीतमा बजारमा ल्याएर चर्चा कमाएका गायक कुसारीले फेरि पुष्कार शर्माको जस्तो बिवादित गीत बजारमा ल्याएको छ । आफ्नै शब्द संगीत र स्वर लहरी रहेको गीतलाई लक्षु प्रकाश मल्लले एरेन्ज गरेका हुन् । सबै आम जनताको आवाज र मनोभावना समेटिएको यो गीतको भिडियो निकै रोच बनेको छ ।

अरु गीतमा भन्दा यो गीतको म्यूजिक भिडियोमा छुट्टै कथा वस्तु भेटिएको छ । समाज परिर्तन मुलक भएकोले यो गीतले निकै बजारमा चर्चा कमाउने प्रवल सम्भावना देखिएको छ । होम धिताल,भगत शाह,मरुभुमि नारायण तथा जय राज भट्ट आदि चर्चित कलाकारहरुको रोचक अभिनय रहेको यो भिडियोलाई होमधिताल फिल्मस प्रा.ली ले निर्माण गरेका हुन् ।

होम धितालको निर्देशन रहेको गीतलाई मरुभुमी नारायणले छाँयाङ्कन गरेको छ भने रोशन धितालले सम्पादन गरेका हुन् । यो भिडियोलाई होम धितालको आफ्नै अफिसियल च्यानलमा अपलोड गरिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...