१०८ औं सिद्धिचरणको जन्मजयन्तीमा स्रष्टा पुरस्कृत

wwwjerungfilmswwwjerungfilms 24 May 2019

स्रष्टा पुरस्कृत

ओखलढुंगा – युगकवि सिद्धिचरण श्रेष्ठको १०८औं जन्मजयन्तीका अवसरमा ओखलढुंगामा तीनजना साहित्यकार तथा लेखक पुरस्कृत भएका छन्। सदरमुकाम ओखलढुंगामा सिद्धिचरणको पूर्ण कदको सालिक तथा स्रष्टापार्क उद्घाटन कार्यक्रमको अवसरमा सिद्धिचरणको स्मृतिमा स्थापित पुरस्कार वितरण गरिएको हो।

सिद्धिचरण प्रतिष्ठानद्वारा स्थापित सिद्धिचरण साहित्य पुरस्कार साहित्यकार ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ। गौतमले नगद एक लाखसहित कदरपत्र प्राप्त गरेका छन्। डा. सुवर्ण शाक्यलाई ‘सिद्धिचरण शताब्दी सम्मान’ प्रदान गरिएको छ।

उनले नगद ५० हजारसहित सम्मानपत्र पाएका छन्।पाँच दशकभन्दा लामो पत्रकारिता गरेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष होमनाथ दाहाल नगद ४० हजारसहित सिद्धिचरण पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्।

‘सिद्धिचरण श्रेष्ठको फुटकर कवितामा स्वच्छन्दतावाद’ विषयमा विद्यावारिधि गरेका साहित्यकार सहप्राध्यापक फणिन्द्रराज निरौलालाई नगद १० हजारसहित सम्मान गरिएको छ।

सम्मान तथा पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गरेकी थिइन्। सम्मान गर्दै राष्ट्रपति भण्डारीले सर्जकले आफ्ना सृजनाका माध्यमबाट आम नागरिकलाई भविष्यप्रति आशावादी बनाउनुपर्नेमा जोड दिएकी छिन्।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...