अब लात्तले हान्छु – इटहरीका मेयरको अर्को चेतावनी !

wwwjerungfilmswwwjerungfilms 24 May 2019

द्वारिकलाल चौधरी

धरान । इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीसँग घुस लिएको भन्दै आप्mनो कार्यालयका दुईजना कर्मचारीमाथि दुव्र्यवहार गरेका छन् । वडा नं १९ का सचिव (नायब सुब्बा) मनोज दाहाल र सबओभरसियर राम खड्काले सेवाग्राहीसँग घुस लिएको थाहा पाएपछि मेयर चौधरीले उनीहरुलाई ‘भ्रष्ट कर्मचारी कार्यालयमा नआउनू’ भन्दै गेटबाट निकालेका थिए ।

वडा १९ का सचिव दाहालले सामान आपुर्ति गर्न एकातिर टेन्डर आव्हान गर्ने र अर्कोतिर पुरानै तरिकाले जहाँबाट आफूलाई कमिसन आउथ्यो त्यहीबाट सामान उपलब्ध गराएको थाहा पाएपछि मेयर चौधरीले दाहालाई बोलाएर राजीनामा मागेका थिए ।

घुस्याहा कर्मचारीमाथि दुव्र्यवहार गरिएपछि उपमहानगरका कर्मचारीहरुले भने मेयर चौधरीविरुद्ध आन्दोलन गरिरहेका छन् । दाहाल र खड्काले आपूmहरुलाई कुटपिट गरिएको दाबी गरेका छन् । दाहाल र खड्कामाथि दुव्र्यवहार भएपछि उपमहानगरका कर्मचारीहरुले ‘कर्मचारी कुट्ने मेयर मुर्दावाद’ भन्ने नारा लगाउदै कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

हक्की स्वभावका मेयरले कोही कर्मचारी भ्रष्टाचार गर्छ भने उसलाई फुलमाला लाउनु ? भन्दै पत्रकारहरुसँग प्रतिप्रश्न समेत गरे । उनले भ्रष्टचार गर्ने कर्मचारी मात्रै नभएर आफ्नै पार्टीका नेताहरुलाई पनि नछोड्ने प्रष्ट पारे । उनी तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका मेयर हुन् ।

‘मनोज दाहाललाई तिमी अब राजीनामा देऊ, सुरक्षित बाटो भने । दिन्न तँ साला थारु मेयर गर्छन् भनेर अपशब्द बोल्यो,’ कर्मचारी कुटिएको घटनाबारे पत्रकारहरुको जिज्ञासामा मेयर चौधरीले भने, ‘अनि मैले कठालो समाते ।’

पीडित कर्मचारीहरुले भने मेयरकै कक्षमा सिसिटिभि बन्द गरेर आफूहरुलाई गर्दै कुटपिट गरेको जिकिर गरिरहेका छन् । मेयरको ‘दादागिरी भयो’ भन्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।

मेयर चौधरीविरुद्ध दाहाल र खड्काले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी समेत दिएका छन् । तर प्रहरीले उजुरी दर्ता नगरेको बताइएको छ ।  प्रायः सरकारी कर्मचारीहरु भ्रष्ट भएकै कारण देशमा विकास हुन नसकेको आम बुझाइ छ ।  नेपालको कर्मचारीतन्त्र भ्रष्ट रहेको कर्मचारीहरु नै स्वीकार गर्दछन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...