प्रधानमन्त्री ओली : सरकारले सुरक्षा दिन्छ, निजी विद्यालयमा लगानी गर्नुस्

wwwjerungfilmswwwjerungfilms 23 May 2019

प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओेलीले निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्था बन्द नहुने बताएका छन्। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले बिहीबारदेखि राजधानीमा सुरु गरेको शैक्षिक मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

निजी विद्यालय गुणस्तरीय शिक्षाका नेतृत्वकर्ता हुन्। निजीमा लगानी गर्नुस्, सरकारले सुरक्षा दिन्छ।’ निजी विद्यालयलाई सरकारले बन्द गर्दैछ भन्ने हल्ला चलेकोप्रति ओलीले आफू अनविज्ञ रहेको बताए। ‘प्राइभेट सेक्टरमा कसले हल्ला चलाएछ कुन्नि के-के भनेर’, ओलीले आश्चर्य प्रकट गरे।

निजी शिक्षालयले दिएको शिक्षाको स्तर अब्बल भएको उनको भनाइ छ। उनले सक्ने भए सरकारी लगानीका विद्यालयको पनि व्यवस्थापन सम्हाल्न निजी विद्यालय सञ्चालकलाई अनुरोध गरे। 

सरकारको उद्देश्य निजी विद्यालय बन्द गर्ने नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुध्रिएपछि निजी विद्यालय आफैं बन्द हुने बताए। 

स्वदेशमै स्तरीय शिक्षा दिएका विद्यालय सञ्चालकलाई माफिया भनेकोप्रति आफूलाई चित्त दुखेको बताउँदै ओलीले भने, ‘नेपालमै शिक्षा दिने माफिया हुने। तर, यहाँका विद्यालय बन्द गराएर विदेशमा विद्यार्थी पठाउने चाहिँ वडा (ठूलो) हुने ?’

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकलाई गुणात्मक शिक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरे। हिसान मेलाका संयोजक युवराज शर्माले उत्कृष्ट शिक्षा नेपालमै भन्ने मुल नाराका साथ मेला आयोजना गरेको बताए।

सरकारको उद्देश्य निजी विद्यालय बन्द गर्ने नरहेको बताउँदै प्रधानमन्त्री ओलीले सामुदायिक विद्यालयको शिक्षाको स्तर सुध्रिएपछि निजी विद्यालय आफैं बन्द हुने बताए।  हिसानका महासचिव लोक बहादुर भण्डारीले निजी शिक्षालयले उत्कृष्ट शिक्षा दिएको दाबी गरे। मेला चार दिनसम्म सञ्चालन हुनेछ।  

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...