सामुदायिक विद्यालय सिसी क्यामेराको निगरानीमा

wwwjerungfilmswwwjerungfilms 19 May 2019

ओखलढुंगाको एक सामुदायिक विद्यालयमा सिसी क्यमेरा जडान गरिएको छ । जिल्लाकोे सुनकाशी गाउँपालिका ३ सिस्नेरीको कालिका माविले विद्यालय परिषरमा ४ वटा सिसी क्यामेरा जडान गरेको हो ।

हामीले यो वर्षदेखि प्राविधिक धारको कक्षा र विभिन्न क्षेत्रमा विज्ञता हाासिल गरेका व्यक्तिबाट गेष्ट कक्षाको शुरुवात पनि गरेका छौँ,’ नेपालले भने– ‘कक्षा र परीक्षा अनुगमनका लागी सिसि क्यामेराको उपयोग गरिरहेका छौँ ।

विद्यालय भित्र भए गरेका सबै गतिविधिको निगरानी गर्न सिसि क्यामेरा जडान गरिएको विद्यालयका प्रधानाध्यापक जीवनकुमार नेपालले बताए । केही समय अघि कालिका माविमा प्रविधिको प्रयोग गर्ने भन्दै सिसि क्यामेरा र विद्युतीय हाजिरी मेशिन जडान गरिएको थियो । शिक्षकलाई जिम्मेवार बनाउन र विद्यार्थीलाई अनुशासनमा राख्न समेत यसले मद्दत पुगेको प्रअ नेपालको भनाई छ ।

विद्यालयमा सिसि क्यमेरा जडान भएसँगै विद्यालयको शैक्षिक सुधार पनि हुने अपेक्षा राखिएको व्यवस्थापन समिति अध्यक्ष नवराज खड्काको भनाई छ । विद्यार्थीहरुको अनुशासन, शिक्षकहरुको नियमितता र व्यवस्थित कक्षाशिक्षणको लागि पनि सिसि क्यामेरा महत्वपूर्ण रहने विद्यालयले जनाएको छ । सिसि क्यामेरा प्रभावकारी भएपनि विद्युतिय हाजिरी समय समय समस्या आउने भएकाले खासै प्रभावकारी नभएको बताइएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...