गोक्यो तालमा बेपत्ता एक जनाको शव भेटियो

wwwjerungfilmswwwjerungfilms 19 May 2019

सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये सुनिल बराईलीको शव भेटिएको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो ।  

खोजकर्ताले परिचालन गरेको रोबर्टले करिब ३५ फिट गहिराईमा शब पहिचान गरेर बाहिर निकालेको हो । हिजोदेखि नै खोजी सुरु गरेको टोलीले आज बिहान मात्र शब पहिचान गरी बाहिर निकाल्न सफल भएको हो ।  

बराईली साथीको उद्धार गर्न जाने क्रममा जीउमा लगाएको कपडा सहित डुबेका थिए । सोही आधारमा उनको पहिचान गरिएको हो । बेपत्ता मध्ये अब पेम्बा दोर्जी शेर्पाको शब मात्र भेट्न बाँकी छ । 

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबर्ट तथा अन्य उपकरण प्रयोग गरी शबको खोजी गरेको थियो । 

निरन्तरको प्रयासपछि  डुबेकै ठाउँको आसपासमा शब भेटिएको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । गत असोज ताका खुम्बु भ्रमणमा आएको विदेशी टोलीले बेपत्ताको शब खोजी गर्न सक्ने बताएपछि बेपत्ताका परिवारले खोजी गरिदिन आग्रह गरेको थियो । 

एभरेष्ट ब्रोडकास्टिङ एवं योहो टेलिभिजनका अध्यक्ष आङ काजी शेर्पाले विदेशी टोली र सशस्त्र प्रहरी बलको गोताखोर टोली बीच संयोजनको काम गराई दिनुभएको हो । 

शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गत साउनमा बेपत्ता भएका थिए । बेपत्ता मध्ये पेम्बा नुरु शेर्पाको शव त्यत्ति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराई रहेका थिए । 

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...