सावित्री सुवेदी यौन व्यवसायी गर्न पाउनुपर्छ, रेड लाइट एरिया तोकिनुपर्छ

wwwjerungfilmswwwjerungfilms 15 May 2019


केटाहरुलाई भाडामा लिन्छु : सावित्री !

चर्चित अभियन्ता सावित्री सुवेदीले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिनुपर्ने बताएकि छन् । महिला अधिकारको क्षेत्रमा कार्यरत सुवेदीले रेडलाइट एरियालाई वैधानिकता दिँदा बलात्कारका घटनामा केहि कमि आउँने बताइन् । केहि समय अघि माइतिघरमा कालो पेटिकोट लगाएर चर्चामा आएकि सुवेदिले रेड लाइट एरिया तोकिनुपर्ने बताइन् ।

बलात्कारी र अपराधी राजनीतिको संरक्षणमा रहेको उनको आरोप छ । राजधानी लगायतका ठाँउमा रहेको अवैधानिक यौनधन्दालाई व्यवस्थित पारिनुपर्ने उनको तर्क छ । समयआएपछि आफूले रेडलाइट एरियाका पक्षमा अभियान चलाउने उनले बताईन् ।

म आमा बन्नको लागि विवाह गर्दिन तर केटाहरुलाई भाडामा लिन्छु : सावित्री !

काठमाडौं । समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन । यो भन्दा पहिले पनि विभिन्न बयानका कारण चर्चामा आएकी उनी अहिले पनि त्यसरी नै भाइरल भएकी छिन् । उनले एक युट्यव च्यानललाई दिएको अन्तरवार्तामा आफु बाबु विनाको आमा बन्न चाहेको उल्लेख गरेकी छिन् ।

आफु अहिले तीस वर्षको भएको भन्दै अबको पाँच वर्ष पछि कुनै पुरुषसँग यौनसम्पर्क गरेर बच्चा जन्माउने योजना रहेको बताएकी हुन् । उनले पुरुषलाई भाडामा लिएर आमा बन्न लागेको विषय अहिले चर्चामा आएको छ । विशेष गरेर पश्चिमा देशहरुमा चर्चामा रहेको सिंगल मदर नेपालमा पनि आफुले सुरु गर्न लागेको जनाएकी छिन् ।

यसमा कुनै पनि महिलाले आफुले चाहेको पुरुषसँग केही रकम दिएर यौनसम्पर्क राख्ने गर्छन तर त्यो युवक त्यो बच्चाको बुवा भने हुँदैन । अहिले महिलाहरुले पनि पुरुषका लागि सन्तान जन्माउने गरेका घटनाहरु समयसमयमा चर्चामा आउँने गर्दछन् । साभार  जनबोली  

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...