बुटिक चुरा कसरी बनाउने,यो तरिका एक चोटी सबै महिलाहरुले सिक्नै पर्ने (भिडियो सहित)
बुटिक चुरा कसरी बनाउने,यो तरिका एक चोटी सबै महिलाहरुले सिक्नै पर्ने भिडियो सहित

राज कुमार राई ,३०,बैशाख–काठमाण्डौ । गरिबि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत बुटिक चुरा सम्वन्धि सीप विकास तालिम दिइएको छ । बैश १३ गतेबाट सञ्चालित बुटिक चुरा सम्वन्धि सीप विकास तालिम २७ गते शुक्रबार समापन गरिएको छ ।
नेपाल सरकार घरेलु तथा साना उद्योग विकास कार्यलयको आर्थिक तथा प्राविधिक सहयोग र सामाजिक स्वास्थ्य शिक्षा उत्थान केन्द्र बालाजु काठमाण्डौको संयुक्त आयोजनामा सो कार्यक्रम निशूल्क रुपमा सञ्चालन गरिएको हो ।
कीर्तिपूर नगरपालिका वडा नं ४ टुसालमा सञ्चालित सो कार्यक्रममा उत्साहजनक २६ जना सहभागीहरुले सहभागीता जनाएका थिए । १५ दिनको यो छोटो तालिम अन्र्तगत सबै सहभागीहरुले निकै उत्साह जनक सहभागीता जनाई महत्वपूर्ण सीप हाशिल गरिएको पाइएको छ । हाल सम्मा यो ठाउँमा धेरै तालिमहरु आएको तर कुनै प्रभावकारी नभएको सहभागी गमला बोगतीले बताइन् ।
यो अवस्थामा यसपालीको तालिम भने निकै प्रभावकारी र साँच्चीकै उद्यमीहरुको ब्यवहारिक जीवनमा नै आमुल परिवर्तन ल्याउने किसिमको भएको उहाकी भनाई थियो । यो तालिमलाई एकदमै सरल तरिकाबाट प्रशिक्षकले सिकाएकोले छोटो समयमा नै राम्रो सीप हाशिल गर्न आफूहरु सफल भएको एक सहभागी निर्मला सुर्खेतीले बताइन् ।
यो तालिमबाट सिकेको सीपले राम्रो उद्यमी बन्न सक्छु भन्ने विश्वास आफूहरुमा पलाएको समेत उहाले बताइन् । आफ्नो प्रशिक्षणकालको अवधिभर सबै सहभागीहरु निकै मेहिनतका साथ लागी परेको प्रशिक्षक आशा लुहारले बताइन् ।

सहभागीहरुले सिकेको सीप र मेहिनत हेर्दा उहाहरु अब राम्रो उद्यमी बन्न सक्ने विश्वास आफूमा रहेको समेत उहाले बताइन् । तालिमलाई प्रभावकारी र सफल बनाउका लागि उद्यम बिकास सहजकर्ताहरु स्वरस्वती लुहार र पवित्र कुमारी मल्लले महत्वपूर्ण भूमिका निभाएका थिए ।
नगरपालीका र वडा कार्यलयसँग संमवय गरी यसले चाही राम्रो सीप हाशिल गर्न सक्छ है भन्ने विश्वास लागेकोलाई मात्र तालिममा समाबेश गराएको स्वरस्वती लुहारले बताइन् । छोटो अवधिको तालिम भएपनि निकै प्रभावकारी ढङ्गबाट समापन गरिएको सहजकर्ता पवित्र कुमारी मल्लले बताइन् ।
सहभागीहरुले निकै आकर्षक बुटिक चुराहरु बनाएका थिए । बुट्टा भरेर बनाएको यस किसिमको चुरा बजारमा पाँच सयदेखि सात सय सम्ममा विक्रि हुने प्रशिक्षक आशा लुहारले बताइन् । संस्थाकोे तर्फबाट समापनमा पुगेका पदाधिकारीहरुलाई फूलको गुच्छा र सहभागीहरुबाट निर्मित आकर्षक चुरा उपहार दिएर सम्मान गरिएका थिए ।

समापन कार्यक्रममा संस्थाको तर्फबाट कार्यक्रम संयोजक एवम् पत्रकार राज कुमार राई र मिडिया कोडिनेटर तथा सगरमाथा टेलिभिजनका पत्रकार उत्सव वाग्ले सहभागी रहेका थिए । चौतर्फी रुपमा देशका विभिन्न भागमा सञ्चालन भइ रहेको यो मेड्पा कार्यक्रमले नयाँ उद्यमीहरुको जीवनमा आमूूल परिर्तन ल्याउने विश्वास रहेको सामाजिक संस्थाका कार्यकारी प्रमुख राम नाथ पोख्रेलले बताउनु भयो ।
साथै छोटो अवधिको तालिममा एकदमै आकर्षक सीप सिकेर देखाएकोमा खुशी समेत उहाले ब्यक्त गर्नु भयो ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...