नेदरल्याण्डका प्रधानमन्त्रीसँग नेपाली नेताले सिक्नैपर्ने, साइकल चढेर कार्यालय जान्छन्

wwwjerungfilmswwwjerungfilms 11 May 2019

नेपालमा राष्ट्रपती–उपराष्ट्रपती, प्रधानमन्त्री लगायतका विशिष्टहरुको सवारी हुँदा सर्वसाधारणले धेरै दुःख पाउछन्। उनीहरुको सवारी हुँदा सडक खाली गराइ लामो समयसम्म ट्राफिक जाममा पर्दा सर्वसाधारणले पाउनु सम्मको सास्ती पाउँछन्।

उता संसारकै धनी देशहरु मध्येमा एक युरोपको नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुथ भने साधारण साइकलमा चढेर आफ्नो कार्यलय जान्छन्। नेदरल्याण्डमा संवैधानिक राजसंस्था रहेको छ। उनी राजदरबारमा राजालाई भेट्न समेत सुरक्षा दलबल नलिइकन एक्लै साइकल चढेर चान्छन्।

अनुशासन,मितव्यिता र असल संस्कार नेताहरुले जनतालाई सिकाउने हो।तर हाम्रो जस्तो गरिब देश नेपालका नेताहरु सत्ताको दुरुपयोग गर्दै जनताले तिरेको करमा लुटतन्त्र मच्चाउछन्,मोजमस्ती गर्छन्।

नेपालका राष्ट्रपती,प्रधानमन्त्री,मन्त्रीहरु लगायत विशिष्ट ब्यक्तिहरुलाई कहिकतै बाट कुनै किसिमको धम्की आएको पनि सुनिएको छैन। तर अमेरिका,रुस, बेलायत,भारत, इजरायल लगायतका राष्ट्रप्रमुखको भन्दा धेरै सुरक्षा नेपालका राष्ट्रपती,प्रधानमन्त्री लगायत विशिष्ट ब्यक्तिहरुलाई दिइन्छ।

उनीहरुले मितव्ययिता अपनाएको फजुल खर्च रोकेको र जनताले तिरेको करको सम्मान् गरेको कहिकतै सुनिएको छैन। नेपालमा राजतन्त्र त सक्कियो तर अहिलेका नेता र सत्तामा पुगेकाहरुले राज्यकोष दोहन गरेर गरिब देशलाई झन्- झन् गरिब बनाएका छन्।

न उनीहरुले नेदरल्याण्डका प्रधानमन्त्रीबाट केहि सिक्छन् न उनीहरु आफैले केहि उदाहरणीय काम गरेर देखाउँछन्। उनीहरु सामन्ती राजा माहाराजा भन्दा केहि कमि छैनन्।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...