गणतन्त्रमा मूर्तरुप लियो पञ्चायतकालको सडक सपनाले गणतन्त्रमा मूर्तरुप लियो

wwwjerungfilmswwwjerungfilms 8 May 2019

रुपन्देहीको सालझण्डीबाट पाल्पा, गुल्मी, अर्घाखाँची जोड्ने सडकको शुभारम्भ गरिएको छ । वि.स. २०३८ सालदेखि नै निर्माणको चर्चा भएको सडकको बुधबार मात्रै उद्घाटन गरिएको हो ।

कृषि सडकका रुपमा ट्रयाक मात्रै खोलिएको सडकलाई अहिले मोटर गुड्ने गरी बिस्तार गरिएको छ । सडकको बुधबार प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले उद्घाटन गरे ।

उनले कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रबर्द्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनैतीक सडक अन्तरगत बिस्तार र स्तरोन्नती थालिएको बताए ।
२६ किलोमिटरको दुरी रहेको सालझण्डी-जुठापौवा-सुगुरढुंगा सडकलाई साढे ६ मिटर चौडाइको बनाइएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सालझण्डीबाट सुरु भएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिका हुँदै गुल्मीको रुरु गाउँपालिकामा जोडिने छ ।

 यसबाट सडकको नाली काट्ने र १ हजार ८ सय क्षेत्रमा कालोपत्रे गरिने छ । आगामी आर्थिक वर्षमा सबै सडक कालोपत्रे गर्ने पाल्पाका प्रदेश सांसद तुलाराम घर्तीमगरले बताए । सडक पुगेपछि उत्पादित बस्तुले उचित मूल्य र बजार पाउने उनले भनाइ छ ।

सालझण्डी-जुठापौवा-सुगुरढुंगा सडक सडकमा संघीय सरकारको ससर्त अनुदानबाट ५० लाख बजेट छुटि्टएको छ । त्यसमध्ये सडक निर्माणका लागि चालु आर्थिक वर्षमा २७ लाख ३६ हजारमा भावना कन्टक्सन बुटवलले ठेक्का पाएको छ ।

रुपन्देहीका प्रदेश सांसद भूमिश्वर ढकाल र सैनामैना नगरका प्रमुख चित्रबहादुर कार्कीले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा लगेर घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोगी हुने दाबी गरे ।

प्रदेश सांसद नारायण आचार्यले कृषि उत्पादन बजार ल्याउने सडक भएकाले विस्तारलाई प्राथमिकता दिइएको बताए । सो सडकलाई उत्तर-दक्षिण जोड्ने मूल सडक बनाउन सकिने जनाइएको छ । यसले तराईका २ जिल्ला र पहाडका ३ जिल्लामा आवागमनमा सहजता थप्ने विश्वास गरिएको छ ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...