शिक्षक लाईसेन्स परीक्षाको खुल्यो..यसरी भर्नुहोस् अनलाईन फारम


शिक्षण पेशातर्फ पछिल्लो समय बढ्दै गएको आर्कषणले यसको प्रक्रियामा पनि सहजता ल्याउने प्रयत्न भइरहेको छ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको तयारी अन्तिम चरणमा पुर्याएको जानकारी दिएको छ ।यसै महिना भित्र परीक्षाको सूचना जारी गर्ने गरी काम भईरहेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिए ।
परीक्षार्थीले बैंकमा बुझाएको भौचरको स्क्यान गरेर फारम सँगै अनलाईन मार्फत् बुझाउने प्रणालीको विकास गर्न लागिएकोले अब परीक्षर्थीलाई थप सहज हुने देखिएको छ ।
आयोगले यो पटक अनलाईन बाटै फारम भर्न सक्ने प्रणालीको विकास गरेको छ ।फारम भर्दा शुल्क भुक्तान पनि अनलाईनबाटै गर्ने गरी सोचिए पनि त्यस अनुसार प्रणाली विकास गर्न तत्काल नसकिने भएकाले यस पटक भौचर स्क्यान गरेर फारम भर्ने तयारी गरिएको हो ।
उनले भने, ‘हामीले यस पटकबाट शुरु गर्न लागेको अनलाईन मार्फत् फारम भर्ने प्रणालीमै शुल्क भुक्तान गर्ने तयारी गरेका थियौं तर यो तत्काल सम्भव नहुने जस्तो भएपछि भौचर स्क्यान गरेर फारम भर्ने तयारी गरेका छौं ।यो महिना भित्रमा विज्ञापन सार्वजनिक गर्ने गरी कार्य भईरहेको छ ।’
आयोगले यसपटक मावि र निमावि तहमा विषयगत लाईसेन्स परीक्षाको तयारी गरेको जनाएको छ ।यस अघि परीक्षार्थीले समग्र विषयको परीक्षा दिएर लाईसेन्स लिने व्यवस्थालाई परिवर्तन गरेर आयोगले जुन विषय शिक्षक हो त्यही विषयको लाईसेन्स परीक्षा दिने ब्यवस्था गरेको छ ।
अर्को महत्वपुर्ण कुरा के भने प्राथमिक तहमा भने विषयगत लाईसेन्न हुँदैन । अंग्रेजी, नेपाली र गणितका लागि एउटै परीक्षा हुनेछ ।उनले भने, ‘विषयगत पाठ्यक्रम स्विकृत भईसकेको छ, सोही आधारमा जुन विषय पढाउने हो त्यही विषयका शिक्षक तयारी गर्ने योजना हो । यस पटक हामीले मार्किङ् मेसिनको प्रयोग पनि गर्दै छौं ।’ नयाँ व्यवस्थाबाट ब्यक्ति र राज्य दुवैको खर्च कम हुने आयोगको अपेक्षा छ ।
परीक्षा फारम भर्दा व्यक्ति सम्बन्धित कार्यालय सम्म पुग्नु पर्ने झण्झटबाट मुक्ति मिल्नुका साथै त्यसका लागि हुने खर्च पनि जोगिने थपलियाले अपेक्षा गरे । यस्तै फारम संकलनका लागि हरेक जिल्लामा एक महिना सम्म हुने जनशक्ति परिचालनको खर्च पनि जोगिन्छ ।
उनी भन्छन्, ‘अनलाइन फारम भर्दा केन्द्रहरुमा भिडभाड नहुने त भै हाल्यो, त्यसका अलावा फारम संकलनका लागि परिचालन हुने झण्डै ३ सय जनशक्ति माथि हुने थप खर्च पनि जोगिने भयो । यसका लागि हुने झण्डै एक करोड रुपैंया राज्यको बचत हुन्छ ।’
यस अघि आयोगले २०७३ सालमा लाईसेन्स परीक्षा सञ्चालन गरेको थियो । अहिले सम्म आयोगले झण्डै सातलाख धेरैलाई लाईसेन्स दिएको स्पष्ट पारेको छ ।एकै जनाले विभिन्न तहको लाईसेन्स लिएका र कतिपयको उमेर हद कटिसकोले पनि अहिले लाईसेन्स भएकाहरुको तथ्याङ्क आयोगसँग छैन ।
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...