महाकुलुङ छेस्काममा मेरा फाउण्डेशन तथा विद्यार्थीहरुद्वारा दुई स्वास्थ्यकर्मीलाई सम्मान

wwwjerungfilmswwwjerungfilms 30 Apr 2019

राजकुमार राई ,१६,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ छेस्काममा मेरा फाउण्डेशनले दुई स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ । सम्मान हुनेमा नरेन्द्र बहादुर थ्यात र हिरामनी रोक्का रहेका छन् । लामो समय पाँच बर्ष सम्म महाकुलुङ छेस्काममा सेवा गरेबापत फाउण्डेशनले दुई जनालाई सम्मान गरेको हो ।

थ्यात र रोक्का कर्मचारी समायोजनको क्रममा आ–आफ्नो जिल्लामा जाने भएका छन् । ईमान्दारी र लगनशील्ताका साथ लामो समय पाँच वर्ष सम्म खटेर महाकुलुङमा सेवा गरेकोले बिदाई स्वरुप सम्मान गरिएको मेरा फाउण्डेशनका अध्यक्ष दिलिप सिंह कुलुङले बताउनु भयो । सम्मानित दुवैजनालाई वडा अध्यक्ष डेक बहादुर राईले प्रमाणपत्र वितरण गरेका थिए ।

स्थानीय बासी,विद्यार्थी तथा बुद्धि जिबिहरुले फूलको माला र खदा लगाएर सम्मान गरेका थिए । सम्मान पछि भावुक हुदै आफ्नो कार्यकालको मूल्याङ्कन गर्दै आफूहरुलाई सम्मान गरेर कहिल्यै भुल्न नसकिने ऋण लगाएको नरेन्द्र थ्यातले बताउनु भयो ।

आफूहरु जहा गएपनि यो ठाउँ र यहाको स्थानीयहरुको अपार मायालाई बिर्सन नसकिने बताउदै थ्यातले मेरा फाउण्डेशनका अध्यक्ष दिलिप कुलुङलाई धन्यबाद दिनुभयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...