महाकुलुङ गाउँपालिका बुङमा कृषि तथा पशुपंछी बिकास गुरु योजना निर्माण गरिने

wwwjerungfilmswwwjerungfilms 30 Apr 2019

राज कुमार राई ,१६,बैशाख–महाकुलुङ बुङ । महाकुलुङ गाउँपालिका बुङमा कृषि पशुपंछी विकास गुरु योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । कृषि पशुपंछीमा लगानी महाकुलुङमा सुनौलो बिहानी भन्ने मुल नाराका साथ सो कार्यक्रमको आयोजना गरिएको हो । महाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु र कृषि तथा पशुपंछी सेवा शाखा कार्यलयको संयुक्त आयोजनामा कृर्षकलाई लक्षित गरि कृषि विशेषकज्ञ डा. मदन राईको प्रमुख आतिथ्यमा यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा पाँचवटै वडाका प्रतिनिधिहरु तथा विभिन्न जिल्लाका कृषि बिशेषकज्ञहरु समेतको उपस्थिति रहेका थिए । समृद्ध महाकुलुङ निर्माण गर्न महत्वपूर्ण आधारको रुपमा लिइएको कृषि तथा पशुपंछी क्षेत्रलाई योजनाबद्ध ढंगले सञ्चालन गर्न र जीवन निर्वाहमुखी उत्पादन प्रणालीलाई ब्यावसायीक तथा आधुनिक प्रणालीमा लैजाने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको गाउँपालिका प्रमुख सागर किराँतीले वताउनु भयो ।

महाकुलुङ गाउँपालिकाको ५ वटै वडाका सबै कृषकहरुलाई लक्षित गरि यो कार्यक्रमको अवधारणा ल्याइएको समेत किराँतीले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न बिशेकज्ञहरुले आ आफ्नो प्रस्तुति दिएका थिए । खेतीपाती गर्नु भन्दा अगाडी आश्यक तत्व र माटोको गुणहरु कृर्षकले बुझ्नु पर्ने कृषि विशेषकज्ञ डा. मदन राईले वताउनु भयो । कृषि तथा पशुपंछी सेवा शाखा प्रमुख डा. बिर्ख राज कुलुङको अवधारणा बमोजिम यो कार्यक्रम तयार गरिएको हो ।

जव अफू महाकुलुङ क्षेत्रमा प्रवेश गरेर काम गर्दै जादा बढी मात्रा कृषिको धेरै राम्रो सम्भावना देखेर नै यो अवधारणा ल्याइएको डा. कुलुङको भनाई थियो । करिब ९० प्रतिशत भन्दा बढी यस क्षेत्रका मानिसहरु कृषि पेशामा लागेको भएपनि परम्परागत कृषिलाई नै अंगालदै आएकोले दीर्घकालीन गुरु योजना ल्याइयो भने यसले आधुनिकीकरण तर्फ लैजान सकिन्छ कि भन्ने उद्देश्यले नै गाउँपालिका कार्यलय सहितको सहकार्यमा यो कार्यक्रम तयार गरिएको समेत कुलुङले जानकारी दिए ।

कार्यक्रममा छात्रा वृद्धि कोषको स्थापना समेत गरिएको छ । यो कोषबाट उठेको रकमले महाकुलुङ गाउँपालिकामा कृषि प्राविधिक उत्पादनका लागी सहयोग गर्ने भएको छ । जनप्रतिनिधिहरु,विभिन्न क्षेत्रका कर्मचारीहरु तथा अन्य दाताहरुबाट सुरुआटको दिनमा नै ३०,००० हजार रकम उठेको छ ।

दक्ष जनशक्ति तथा कृषि प्राविधिक उत्पादन गर्ने अभियान अन्र्तगत सुरुआटको दिनमा सबैजनाबाट यत्ति धेरै रकम उठेको देख्दा आफूलाई धेरै खुशी लागेको डा. बिर्ख राज कुलुङले बताए । कार्यक्रममा कृषि क्षेका विशेषज्ञ र कृषकहरु गरि करिब दुई सय जनाले सहभागीता जनाएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...