एभरेष्ट मेरा फाउण्डेशनका अध्यक्ष दिलिप सिंह कुलुङको पहलमा जर्मन नागरिकद्वारा महाकुलुङ आधारभूत विद्यालयलाई सहयोग, स्थानीय हर्षित

wwwjerungfilmswwwjerungfilms 30 Apr 2019

राज कुमार राई ,१६,बैशाख–महाकुलुङ,छेस्काम । महाकुलुङ आधारभूत विद्यालयलाई जर्मन नागरिक माईलकले सहयोग गर्नु भएको छ । जीर्ण अवस्थामा रहेको भवन निर्माणका लागी माईकलले करिब साँढे दुईलाखको बराबरको आर्थिक,शैक्ष्क्षिक,खेलकुद तथा निर्माण सामाग्री उपलब्ध गराएको छ ।

महाकुलुङ गाउँपालिका वडा नं ३ मा जन्मनु भएका समाजसेवी तथा पर्यटन ब्यावसायी दिलिप सिहं कुलुङको पहलमा माइकलले सो बिद्यालयलाई सहयोग गर्नु भएको हो । माईकलले जस्तापाता,प्लाइउड तथा पचास हजार नगद मंगलबार हस्तान्तरण गरेका थिए । कार्यबाहक प्र.अ. दुर्ग माया कुलुङलाई सामग्री तथा नगद हस्तान्रण गर्दै,पहिलो पटक सन २०१६ सालमा महाकुलुङ भ्रमणमा आउदा यस बिद्यालयको नाजुक र जीर्ण अवस्था देखेर आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको माईकलले वताउनु भयो ।

जुन प्रतिबद्धता बमोजिम आफूले सक्ने केही बर्षदेखि सहयोग गर्दै आएको समेत उहाले बताउनु भयो । आगामी दिनहरुमा समेत आफ्नो सहयोग निरन्तर रहने बताउदै यो विद्यालयको भवन निर्माण भइसकेपछि साह्रै राम्रो देखिने विश्वास समेत ब्यक्त गर्नु भयो । केही समयदेखि यो विद्यालयलाई निरन्तर सहयोग गर्दै आएकोमा धन्यबाद दिदै मेरा फाउण्डेशनले उहालाई प्रमाण पत्र दिएर सम्मान गरेका थिए ।

सो सम्मान पत्र वडा अध्यक्ष डेक बहादुर कुलुङले हस्तान्तरण गर्नु भएको थियो । करिब २०५५ सालमा स्थापित यस विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको कारण विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन । सरकारको मातहतभित्र चल्दै आएको विद्यालय भए तापनि आवश्यक शिक्षक तथा भवन नहुदा शैक्षिक गुणस्तरलाई वृद्धि गर्न सकिएको छैन ।

बर्षा सुरु भएसँगै टहराभित्रको हिलाम्मे कोठामा वसेर विद्यार्थीहरु पढ्न बाध्य भएका छन् । यो अवस्था देखे पछि आफूलाई दयाँ लागेर केही भवन बनाई दिनुपर्छ भन्ने मनसायले विदेशी पाहुनाहरुसँग सहयोग मागेको पर्यटन ब्यवसायी दिलिप सिंह कुलुङले बताउनु भयो । मेरा फाउण्डेशनका अध्यक्ष समेत रहेका कुलुङले अब यो बिद्यालयलाई सबै सहयोगी दाताहरुसँग पहल गर्दै एउँटा नमुना स्कुलको रुपमा बिकास गर्ने लक्ष रहेको बताउनु भयो ।

कुलुङले निशुल्क पुस्तक वितरणका लागी ढुवानी खर्चसमेत उपलब्ध गराएका थिए । प्रोत्साहन स्वरुप बिद्यालय प्रथम हुने मोहन कुलुङलाई नगद पाँच हजार रुपैया प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै यो बिद्यालयको भवन निर्माणकोे लागी समितिका साथीहरु तीव्र रुपमा लागी परेको वडा अध्यक्ष डेक बहादुर कुललुङले बताउनु भयो ।

बिद्यालयको आर्थिक अवस्था नाजुक भइ रहेको बेला यसरी सहयोगी दाताहरु खोजेर सहयोग गरेकोमा समाज सेवी तथा पर्यटन ब्यावसायी दिलिप सिंह कुलुङलाई धन्यबाद दिनु भयो । साथै बिद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागी हातमा हात र काँधमा काँध मिलाएर अगाडी बढ्नु पर्ने समेत उहाले बताउनु भयो । विदेशी पाहुनाहरुको स्वागतका लागी स्थानीय कलाकारहरुद्वारा स्वागत नृत्य समेत प्रस्तु गरिएका थिए ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...