महिलाहरुले आफ्नै लगानीमा बनाए गाउँपालिकाले भत्काएको छाउगोठ

wwwjerungfilmswwwjerungfilms 17 Apr 2019

बैशाख ४, २०७६ बुधबार, बझाङ ( केही समयअघि मात्रै साईपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियानसमेत सञ्चालन गर्‍यो । विभिन्न सडक नाटक, जनचेतनामूलक र अन्तर्क्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्‍यो ।

त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँगाउँमा भएका छाउगोठहरु भत्काउने अभियन पनि सञ्चालन गरे । वडा नम्बर एकदेखि ५ सम्म गाउँमा भएका छाउ गोठहरु भत्काइयो । लाखौँ रुपैयाँ लगानी गरेर छाउगोठ भत्काउनुका साथै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरे पनि गाउँपालिकाको लगानी बालुवा पानी सरह भएको छ ।

साईपाल गाउँपालिका वडा नम्बर ४ मा समेत उस्तै अवस्था छ । वडा नम्बर ४ को जगेरामा  जनप्रतिनिधि, प्रहरी र बुद्धिजीवीहरु मिलेर गाउँमा भएको एउटा छाउगोठ भत्काए । घरभित्र महिनावारी भएको समयमा बस्न नमिल्ने भन्दै यहाँका महिलाहरुले छाउगोठ भत्काएको तीन चार महिनाभन्दा बढी  जगेरा खोलाको ओढारमा बस्ने गरेको स्थानीय बासिन्दा कटु रोकायाले बताउनुभयो । झण्डै २६ परिवार बसोबास गर्ने यस गाउँका सबै महिलाहरु देवी देउताको डरका कारण महिनावारी भएको समयमा घर भित्र बस्न नमान्ने उहाँको भनाइ छ ।

अहिले फेरि यहाँका महिलाहरु महिनावारी ९छाउ० भएको समयमा ओडार र खेतबारीको कान्लामा बस्ने गरेका छन् । साईपाल गाउँपालिका वडा नम्बर ५ की धौली देवी बोहरा चैत महिनामा महिनावारी हुनुभयो । साथमा एक वर्षका छोरा थिए । गाउँमा भएको छाउ गोठ भत्काएका कारण बस्न नमिल्ने भएपछि उहाँले गाउँनजिकै रहेको धौलीओखड ओढारमा १ वर्षका छोरासहित ५ दिनसम्म बसेको बताउनुभयो । उहाँजस्तै यहाँका धेरै महिलाहरु महिनावारी हुँदा अहिले ओढार र  खेतबारीका कान्लामा बस्ने गरेको महिला स्वास्थ्य स्वयंसेविका गङ्गा देवी बोहराले बताउनुभयो ।

ओढारमा महिलाहरुलाई थप समस्या हुने गरे पछि यहाँका महिलाहरुले आफ्नै लगानीमा छाउगोठ समेत निर्माण गरेका छन् । गाउँभरिका महिलाहरु नै एकजुट भएर टिनका पातहरु खरिद गरी छाउगोठ निर्माण गरेका हुन् । गाउँकै मिस्त्रीलाई छाउगोठ बनाउने जिम्मा दिएर महिलाहरु कसैले ढुङ्गा, कसैले माटो बोकेर नै छाउगोठ निर्माण गरेको स्थानीय पुतली रोकायाले बताउनुभयो । महिलाहरुलाई समस्या पर्दा, बिरामी पर्दा सजिलो होस् भन्ने उद्देश्यले गाउँकै महिलाहरु मिलेर स्थापना गरेको कोषबाट झण्डै २०र२५ हजार रुपैयाँको खर्चमा नयाँ छाउ गोठ निर्माण गरेको लक्षीमा रोकायाले बताउनुभयो ।

अहिले यो गाउँका महिलाहरु आफू महिनावारी भएको समयमा छाउ गोठमा नै बस्ने गरेको बताउँछन् । यो गाउँको सिको गर्दै धुलीका महिलाहरुसमेत पैसा संकलन गरेर सबैको साझा छाउ गोठ निर्माण गर्न जुटेका छन् । ‘एक घरबाट कति पैसा दिन पर्ने हो रु थाहा छैन’, स्थानीय बासिन्दा घुरन विकले भन्नुभयो । गाउँका सबै महिलाहरु अहिले गाउँनजिकै छाउगोठ निर्माणमा लागेका छन् ।

वडा नम्बर ४ कै शैनगाउँका महिलाहरु भने अहिले पनि खुला आकाशमुनि नै बस्ने गरेका छन् । गाउँनजिकै खोला छेउमा रहेको सार्वजनिक छाउ गोठ स्थानीय जनप्रतिनिधिहरु आएर भत्काइ दिएपछि महिनावारी भएका महिलाहरु बाहिर खुला आकाशमा नै रात काट्ने गरेका छन् । ‘हामी लागो देउतालाई पूजाआजा गर्ने मान्छे । छुवाछुत गरे पछि देउताले हामीलाई बसी खान दिन्न । घर भित्र बसौं भने पनि स–साना टहरा जस्ता छन् । खाना पकाउने, सुत्ने सबै एकै ठाँउमा छन् । अनि हामीले कसरी घरभित्र बस्नु’, स्थानीय महिला अमृता विकले भन्नुभयो ।

अरु छुवाछुतभन्दा पनि महिनावारी भएको समयमा बढी विभेद हुने गरेको यहाँका महिलाहरुले बताएका छन् । पुरुषले घरभित्रै बस्न आग्रह गरे पनि देवी देउताको डरले आफूहरु महिनावारी हुँदा र सुत्केरी भएको समयमा छाउगोठमा नै बस्ने गरेको उनीहरुको भनाइ छ ।

यसको अन्त्यका लागि अहिले पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेकोसाईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनुभयो । तर यो प्रथा अन्त्य गर्न निकै चुनौती छ । यो समस्या साईपाल गाउँपालिकाको मात्र नभएर नेपाल र विशेषगरी बझाङ जिल्लाभरिको नै रहेको दाबी गर्दै अध्यक्ष धामीले पहिला आफूबाट नै अभियान सञ्चालन गर्नका लागि जनप्रतिनिधिलाई आग्रह गरेको बताउनुभयो ।

‘विभिन्न सडक नाटकका साथै अन्तर्क्रियाका सबै प्रक्रिया अघि बढाई सकेका छौं । अब सबै कार्यक्रम जारी राख्दै स्थानीय तहबाट दिइने सबै सेवा सुविधा समेत रोकेरै भए पनि छाउपडी प्रथा अन्त्य गरेरै छोड्छौं’, अध्यक्ष धामीले भन्नुभयो ।
यो खबर उज्यालोबाट साभार गरिएको छ

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...