विमान दुर्घटनामा भएको मृतक र घाइतेको पहिचान खुल्यो

wwwjerungfilmswwwjerungfilms 15 Apr 2019

हेलिक्प्टर र बिमान चालक गुरुङ र रोकायाको अवस्था गम्भिर

जेरुङ फिल्मस संवाददाता,१,बैशाख–सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङहिलारी विमास्थलमा भएको दुर्घटनामा ज्यान गुमाउने र घाइतेको पहिचान खुलेको छ । नयाँ बर्षकै दिन आइतबार बिहान ९ बजेर २० मिनेटमा समिट एयरको विमान, मनाङ एयरलाइन्सको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो ।

सो दुर्घटमा ज्यान गुमाउनेहरुमा,समिट एयरलाइन्सका चावहिल काठमाण्डौं निवासी ३४ बर्षिय को पाइलट सुजित ढुङगाना, पर्यटन प्रहरी कार्यालय लुक्लामा कार्यरत दोलखाका ३९ वर्षीय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र भोजपुर घर भएका प्रहरी सहायक निरीक्षक ४२ वर्षिय रुद्र श्रेष्ठ रहेको लुक्ला प्रहरी स्रोतले जनाएको छ ।

भैँसेपाटीका ४८ वर्षिय चेब बहादुर गुरुङ रहेको खुल्न आएको छ । त्यस्तै अरु घाइतेहरुमा मनाङ एयरलाइन्स लुक्लाका स्टेशन म्यानेजर खुम्बु पासाङल्हामु गाउँपालिका २ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरलाइन्सकै कर्मचारी खुम्बु पासाङल्हामु गाउँपालिका २ का ५५ वर्षीय स्याङबुचे कार्की रहेको प्रहरीले जनाएको छ ।घाइते हुनेमा काठमाण्डौं निवासी समिट एयरलाइन्सका पाइलट, रविनाथ रोकाया र मनाङ एयरलाइन्सको हेलिकप्टरका चालक ललितपुर

घाइतेहरुमध्ये रोकाय र गुरुङको अवस्था गम्भीर छ भने शेर्पा र कार्कीको अवस्था सामान्य रहेको जानकारीमा आएको छ । घाइतेहरुको उपचार ग्राण्डी अस्पताल काठमाण्डौंमा भइरहेको सोलुखुम्बुका प्रहरी प्रमुख शालिग्राम शर्माले जानकारी दिनुभयो ।

बिहान पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान करिब २ सय मिटर पर पुगेपछि मनाङ एयरलायन्स हेलिकम्टरसँग ठोकिदा, धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका स्टेशन इन्चार्ज इमानाथ अधिकारीले जानकारी दिनुभयो । विमानमा चालक र सहचालक तथा एक जना एयरहोस्टेस रहेको समेत अधिकारी बताउनु भयो ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...