जिल्ला प्रशासनको आदेश पक्राउ गर्न , सोलुखुम्बुको नाम्चे होटलहरुमा एसोसिएनशनको नामबाट मनपरी पर्यटकहरुसँग रकम असुल्नेलाई

wwwjerungfilmswwwjerungfilms 14 Apr 2019

जेरुङ फिल्मस  संवाददाता ,१, वैशाख –सोलुखुम्बुु । सोलुखुम्बु  नाम्चे आसपासका विभिन्न होटलमा एसोसिएशनको नामबाट मनपरी पर्यटकसँग रकम असुल्नेलाई पक्राउन गर्न जिल्ला प्रशासन कर्यालयले आदेश जारी गरेको छ । काउन्टर नै खडा गरि मनोमानी पर्यटकसँग पैसा उठाँउदै आएको एसोसिएशनको काउन्टरलाई केही समय अघि प्रशासनले भत्काई दिएपछि होटलमा नै गएर पैसा उठाउने गरेको पाइएको छ । खुम्बु क्षेत्रमा आउने पर्यटकहरुलाई कोठा भाडाको नाममा एसोसियशनले रकम लिने क्रम नरोकिएको गुनासो व्यापक बढेपछि प्रशासनले पक्राउ गर्न आदेश दिएको हो ।

खुम्बु क्षेत्रमा केही समयदेखि होटल एसोसियशनले कोठा भाडाको नाममा पर्यटकहरुबाट रकम लिँदै आएका छन् । पर्यटकहरुसगँ मनोमानी तवरले रकम लिँदा नेपालको समग्र पर्यटन क्षेत्रमा समेत असर पर्ने भएकाले यसलाई नियमन गर्न प्रशासन बाध्य भएको जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले जनाएको छ ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले होटलले व्यक्तिगतरुपमा कोठा भाडा लिन पाउने भए पनि कुनै सघं, सगंठन दर्ता गरी रकम लिनु गैरकानुनी कार्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी रानाका अनुसार, एक हप्ताभित्र एसोसियशनका सम्बन्धित व्यक्ति जिल्ला प्रसाशन कार्यलयमा उपस्थित हुन बोलाइएको थियो । तर समयको बेवास्ता गर्दै रकम संकलनको कार्य नरोकिएकाले तत्काल पक्राउ गर्न प्रशासनले आदेश दिएको हो ।

उनीहरुले सामान्य कोठाका लागि ५ सय र बाथरुमसहितको कोठाका लागि एक हजार रुपैयाँ लिँदै आएका छन् । मनपरी उठाएको रकम के मा खर्च गरिएको छ ? त्यो पनि स्रोत खुलाइको छैन । मनोमानी रुपमा रकम लिने काम अहिले पनि जारी रहेको खुम्बु पासाङ ल्हामु गाउँकार्यपालिका सदस्य उमा बराइलीले बताउनुभयो । रकम असुलीमा स्थानीय जनप्रतिनिधिहरुको समेत संलग्नता देखिएको खुम्बु क्षेत्र भ्रमणमा आउने पदप्रदर्शकदेखि पर्यटकले बताउँदै आएका छन् ।

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...