बैदेशिक रोजगारीमा जाने श्रमिकहरु इन्सुरेन्सको नाममा बार्षिक २।५ अर्ब ठगिदै

बैदेशिक रोजगारीमा जाने श्रमिकहरु इन्सुरेन्सको नाममा बार्षिक २।५ अर्ब ठगिदै
जिवन कार्की (ओमान)
जेरुङ फिल्मस सम्बाददाता चैत्र ३० गते काठमाण्डौ । आफ्नो गरिबी र बेरोजगारीको चपेटा बाट मुक्त हुनलाइ साहुको ऋणकाढेर घर परिवार छोडेर विदेशीएको मजदुरहरुको पसिनामा सरकारको अदुरदर्शि नितिका कारण इन्सुरेन्स कम्पनीहरुको ब्रहमलुट ।
नेपाल सरकार बैदेशिक रोजगार महाशाखा श्रमबिभागले बैदेशिक रोजगारीमा जाने नेपालीहरुलाइ श्रम स्वीकृतिलिनको लागि ३ वर्षको इन्सुरेन्स लिनुपर्ने बाध्यात्मककारी नियम केहि वर्ष देखि लागु गरेकोथियो। श्रमिकहरको भिषा २ वर्षको हुने, श्रम स्वीकृति २ वर्षको दिने तर इन्सुरेन्स चाही ३ वर्षको गर्नुपर्ने साथै बिचमा श्रमिकले कम्पनी फेरबदल गरेमा वा सोही कम्पनीमा २ वर्षपछि भिसा नबिकरण भय पश्चात नया श्रमस्वीकृति नबिकरण गर्न जादा पुरानो इन्सुरेन्स समय अबधि वाकी रहँदा रहँदैपनि नया इन्सुरेन्स ३ वर्षकोलागि नै गर्नुपर्ने नियमले श्रमिकहरु आर्थिक शोषनमा परेको महसुस गरेका छन्। हाल लगभग ४० लाख नेपालीहरु बैदेशिक रोजगारीमा रहेयका छन् जस मध्ये हेरक वर्ष २० लाखले श्रमस्वीकृति नबिकरण गर्नु पर्ने हुन्छ र ३ वर्षको इन्सुरेन्स प्रेमियम उमेर १८(३५ वर्ष समूहका श्रमिकले रु ३५२५ र उमेर ३६(५० वर्ष उमेर समुहका श्रमिकले रु ४९३० तिर्नु पर्ने हुन्छ। औशतमा हरेक श्रमिकले ३ बर्षको रु ४१०० इन्सुरेन्स प्रेमियम मतलब बार्षिक रु १३०० हुनजान्छ । २० लाख श्रमिकहरुको रु १३०० को दरले १ वर्षको इन्सुरेन्स प्रेमियम रु २ अर्ब ६० करोड हुन्छ ।
केही बर्ष अगाडि सम्म २ वर्षको मात्र इन्सुरेन्स हुने नियम थियो जसका कारण २ बर्ष पुग्नु अगावै वा २ वर्ष पुगे लगतै छुट्टी नमिलेको कारण श्रम तथा इन्सुरेन्स नविकरण गर्न नपाएकोले उक्त अवधिमा श्रमिकहरूको मृत्यु तथा अंग भङ्ग भएमा इन्सुरेन्सवाट बन्चित भएको कारण देखाएर नेपाल सरकारले कानुन परिवर्तन गरी ३ वर्ष को इन्सुरेन्स गर्नु पर्ने निती ल्याएको थियो । जसका फलस्वरूप श्रमिकहरू ठगिएको महसुस गरेका छन् ।
यदि सरकारले अनलाइन इन्सुरेन्स नविकरण वा श्रमिक रहेको सम्बन्धित देशवाट नै श्रम तथा इन्सुरेन्स नविकरण गर्ने निति लिएमा सायद यो मजदुरहरु यस किसिमको वैधानिक ठगि वाट वच्ने थिए कि
प्रवास खबरबाट साभार
नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...
हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...
गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...
गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...
टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...