प्रभाबशाली नेत्री सुनिता राई र देव गुरुङलाई प्रहरीले पक्राउ गरेर वेपत्ता बनाएको आरोप

wwwjerungfilmswwwjerungfilms 30 Mar 2019

जेरुङ फिल्मस सम्बाददाता  चैत्र १६  सुनसरी-काठमाण्डौबाट पक्राउ परेका देव गुरुङ र सुनिता राईलाई प्रहरीले वेपत्ता बनाएको परिवारजनले गुनासो गरेका छन् । सुनिता राई पार्टिको प्रभाबशाली उदाउदो नेत्री थिईन । उनीहरुलाई चैत १३ गते मंगलबारका राजधानीबाट पक्राउ गरेको भएपनि २ दिन बितिसक्दा पनि सार्वजनिक नगरिएको र परिवारलाई पनि जानकारी नदिएको परिवारजनले बताएका छन् ।

 काठमाडौंको कोटेश्वर र गौशलाबीचबाट दुवै जनालाई पक्राउ गरेको पीडित परिवारले बताएका छन् । देव नेत्रबिक्रम चन्द विप्लवका संखुवासभा इञ्चार्ज हुन् भने सुनिता जिल्ला समिति सदस्य भएको प्रहरीको दाबी छ । प्रहरीले उनीहरुमाथि अरुण तेस्रो जलविद्युत परियोजनामा विष्फोट गराएको आरोप लगाएको छ । उनीहरुलाई पक्राउ गर्ना साथ खाँदबारी ल्याएको थियो । प्रहरीका अनुसार देव जिल्ला ईञ्चार्ज हुन् भने सुनिता जिल्ला समिति सदस्य हुन् । परिवारजनले उनीहरुलाई सार्वजनिक गर्न माग गरिए पनि हालसम्म कुनै जानकारी नदिएको पीडित देवकी श्रीमति मीना दनुवारले बताइन् ।

उनका अनुसार पक्राउ परेका दुवैलाई संखुवासभा खादबारी ल्याइएको छ । तर, जिल्ला प्रहरी कार्यालय खाँदबारीले थाहा नभएको भन्दै आफुहरुलाई फर्काएको मीनाले बताइन् । उनले भनिन्,‘मेरो परिवारको बारेमा सत्यतथ्य जानकारी सार्वजनिक होस् भनेर अपिल गर्छु ।’ पक्राउ परेका सुनिताकी आमा सोमालक्ष्मी राईकाअनुसार प्रहरीले छोरीलाई जिल्ला प्रहरी कार्यालय खाँदबारी ल्याएको छ । उनको ज्यानको सुरक्षा गर्न आमा सोमालक्ष्मीले माग गरिन् । ‘मेरो छोरी हिरासतमा छ, तर प्रहरीले यहाँ छैन भन्छ,’उनले भनिन् । उनले थपिन, पत्रकार र मानबाधिकारकर्मी लगायत सबै सम्बन्धित पक्षसँग जिबन रक्षाको लागी अफिल समेत गरिन ।’

नेपालका विभिन्न जातिय भेषभुषा तथा भाषा सस्कृतिको गहिरो अध्ययन गर्र्दै विदेशी नागरिक पर्र्सिज्

सरिना तामाङ ११ फाल्गुन – काठमाञ्डौ । नेपालका विभिन्न आदिवासी जनजातिका कला संस्कृति र...

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ल्होसार गुथुक साँझ, गृहमन्त्री राम बहादुर थापाद्वारा उद्घाटन

जेरुङ फिल्मस संवाददाता,२०,माघ–काठमाण्डौं । हिमालयन शेर्पा साँस्कृतिक केन्द्रद्वारा आयोजित ग्याल्बो ल्होसारलाई गृहमन्त्री राम बहादुर...

गाई र गोरुको मासु खान पाउनुपर्छ भन्दै सिहंदरबारको गेट अगाडी विकिन लिम्बुको फेरि नाङ्गो प्रर्दशन भिडियो सहित

२१,भदौ–काठमाण्डौं । झापा जिल्लाबाट आएका विकिन लिम्बुको नेतृत्वमा शुक्रबार सिंहदरबार अगाडी नाङ्गो रुपमा प्रर्दशन...

गायीका मेनुका राईलाई आईप¥यो प्रदेशीको चिन्ता

जेरुङ फिल्मस संवाददाता,१६,असोज–काठमाडौँ, । नजिकिदो दशै मौसमसँगै गायीका मेनुका राईलाई प्रदेशीको चिन्ताले सताउन थालेको...

टे«किङ गाईड एशोसियन अफ नेपालले सेप्टेम्बर १ का दिन पर्यटन मन्त्रालयमा धर्ना तथा शान्तिपूर्ण आन्दोलन गर्ने

राज कुमार राई,१२,भदौ–काठमाण्डौं । पर्यटन क्षेत्रमा आबद्ध टे«किङ गाइड एशोसियन अफ नेपालले सेप्टेम्बर १...